भैरहवा– लकडाउनको दोस्रो दिन बुधबार दिनभर सुनसान भएको भैरहवामा साँझपख भने भीडभाड देखियो। दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीले सडकमा गस्ती गरेको थियो।
साँझपख भने माइकिङ गर्दै हिँडेको प्रहरीको भ्यानको पछिपछि सवारीसाधन कुदिरहेका देखिन्थे। कतिपय पैदलयात्रा गर्दै सहर घुम्न निस्केका थिए त कतिपय कार, मोटरसाइकल र साइकलमा घुमिरहेका थिए ।