एजेन्सी- टेनिस स्टार रोजर फेडेररले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आर्थिक सहयोगको घोषणा गरेका छन्।
३८ वर्षीय स्वीस टेनिस स्टार फेडेरर र उनकी श्रीमती मिर्काले एक मिलियन स्वीस फ्रान्स अर्थात् झण्डै १२ करोड ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।
उनले स्वीट्जरल्याण्डमा सहयोगको आवश्यकता रहेका व्यक्तिहरुका लागि उक्त रकम सहयोग घोषणा गरेका हुन्।
कोरोना भाइरसबाट स्वीट्जरल्याण्डमा १४९ जनाको मृत्यु भएको।
त्यहाँ संक्रमिता संख्या साढे १० हजार नाघेको छ।