शुक्रबार, वैशाख १४, २०८१

‘लकडाउन’ को दोस्रो दिन जनकपुरमा थप कडाइ

प्रहरीले ‘लकडाउन’ को दोस्रो दिन जनकपुरमा कडाइ गरेको छ । पहिलो दिन मंगलबार कतिपयले ‘लकडाउन’ लाई अटेर गरेपछि दोस्रो दिन प्रहरीले कडाइ गरेको हो ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

जनकपुरधाम– प्रहरीले ‘लकडाउन’ को दोस्रो दिन जनकपुरमा कडाइ गरेको छ । पहिलो दिन मंगलबार कतिपयले ‘लकडाउन’ लाई अटेर गरेपछि दोस्रो दिन प्रहरीले कडाइ गरेको हो ।

triton college

‘लकडाउन’ प्रभावकारी बनाउन प्रहरीले कडाइ गरेपछि पहिलो दिनको तुलनमा न्यून सवारी साधन गुड्नुको साथै पैदल आवतजावत गर्नेहरु पनि सडकमा कम देखिएका छन् । ‘लकडाउन’ प्रभावकारी बनाउन धनुषाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहित उच्चपदस्थ सुरक्षा अधिकारीहरु स्वयं खटिएका थिए ।

यसैगरी ‘लकडाउन’ आफ्नै सुरक्षाको लागि रहेको भन्ने सन्देश प्रहरीले टोलटोल पुगेर माइकिङ गर्न लगाएको छ ।

यद्यपि कतिपयले भने ‘लकडाउन’ को उल्लंघन गरेको समेत पाइएको छ । अटेर गरेर ‘लकडाउन’ उल्लंघन गर्नेहरुमाथि प्रहरीले कतिपय स्थानमा लाठी चार्जसमेत गरेको छ । बिनाकाम घरबाट बाहिर निस्केर ‘लकडाउन’ उल्लंघन गर्नेहरुमाथि प्रहरीले लाठी चार्ज गरेको हो ।

२२ जना नियन्त्रणमा

corrent noodles
Metro Mart

‘लकडाउन’ उल्लंघन गर्ने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जनकपुरको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसैगरी ‘लकडाउन’ उल्लंघन गर्ने ७३ सवारी साधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जनकपुरको विभिन्न स्थानबाट मोटरसाइकल, ई–रिक्सा, ट्रायक्टरसहितको सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । यसअघि प्रहरीले मंगलबार २६१ सवारी साधन नियन्त्रणमा लिएको थियो ।

यसैगरी प्रदेश २ को विभिन्न स्थानबाट प्रहरीले पाँच सयभन्दा बढी सवारी साधन नियन्त्रणमा लिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । नियन्त्रणमा लिइएको सवारी साधनहरु ‘लकडाउन’ सकिएपछि मात्रै सम्बन्धित व्यक्तिहरुलाई फिर्ता गरिने प्रहरीले जनाएको छ ।

 

प्रकाशित: Mar 25, 2020| 13:39 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।