शनिबार, वैशाख ८, २०८१

संक्रमण पुष्टि भएकालाई अबदेखि पाटनमा राखिने

कोरोनाभाइरसको संक्रमण पुष्टि भएका बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पाटन अस्पतालमा स्थानान्तरण गरिने भएको छ।
 |  बुधबार, चैत १२, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, चैत १२, २०७६

काठमाडौं- कोरोनाभाइरसको संक्रमण पुष्टि भएका बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पाटन अस्पतालमा स्थानान्तरण गरिने भएको छ।

triton college

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका अनुसार कोरोना भाइरस संक्रमणसँग सम्बन्धित रोगको परीक्षण र त्यसको निक्र्यौल हुन्जेलमात्र टेकु अस्पतालमा राखिने तर, संक्रमणको पुष्टि भइसकेपछि पाटन अस्पतालमा सारिने निर्णय भएको जानकारी दिए।

मन्त्री ढकालले मन्त्रालय अहिले कोरोना महामारीविरुद्दको युद्दमा होमिएको बताए। सोमबार भर्चुअल प्रेसमिट गर्दै मन्त्री ढकालले यो युद्दमा चेन अफ कमाण्डबाट काम गरिने बताए ।

उनले कमी कमजोरी हुन नदिन र गलत सूचना प्रवाह हुन नदिन चेन अफ कमाण्ड बनाइएको बताए । संक्रमित व्यक्तिको जानकारी दिने सन्दर्भमा जथाभावी सूचना प्रवाह भएको भन्दै मन्त्री ढकालले असन्तुष्टि व्यक्त गरेका थिए।

देशका विभिन्न ठाउँबाट कोरोना परीक्षणको स्याम्पल संकलन गरी काठमाडौंम ल्याउन समस्या भएपछि मन्त्रालयले आजदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि परीक्षण गर्ने व्यवस्था मिलाएको छ।

corrent noodles
Metro Mart

यसअघि पूर्वमा संकलन गरिएका स्याम्पलहरु विराटनगरबाट र पश्चिमका स्याम्पलहरु नेपालगञ्जबाट विमानमा दिनको एकपटक ल्याउने गरिएको थियो। काठमाडौंबाट तीन चाल घण्टाको दुरीमा रहेका स्याम्पल भने एम्बुलेन्सबाटै ल्याइने मन्त्री ढकालले बताए ।

कतिपय व्यक्तिले लकडाउनलाई बन्द हड्तालको रुपमा लिएकोमा मन्त्री ढकालको आपत्ति छ । विगतमा नेपाल बन्द हुँदा ५ बजेपछि बाहिर निस्कने स्कुलिङले गर्दा लकडाउनका बेला पनि मानिसहरु साँझ विहान बाहिर निस्किएको भन्दै उनले सबैलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन्।

उनले भने, ‘यो संक्रमण समय तोकेर आउँदैन, लकडाउन अवधिभर तपाईहरु घरमै बसिदिनुस्, नेपालमा रहेका हरेक व्यक्तिको उपचार र सुरक्षा हामी गर्छौं।’

संक्रमितको उपचारका लागि आवश्यक औषधि, उपकर र अन्य सामाग्री जुटाउन सरकारले पहल गरिरहेको भन्दै उनले थपे, ‘हामी पिपीईलगायतका केही सामग्री आफै निर्माण गरिरहेका छौँ, पाटन अस्पतालका चारजना साथीहरु दिनरात पीपीई बनाउन जुटिरहनु भएको छ। धुम्बाराहीमा पनि बनिरहेको छ।’

उनले चीनबाट मगाइएका सामाग्री तीन दिनभित्रै ल्याइने पनि जानकारी दिए।

प्रकाशित: Mar 25, 2020| 12:27 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।