शनिबार, वैशाख ८, २०८१

कोरोनाविरुद्ध लड्न अर्थमन्त्रीले मागे दातासँग सहयोग

अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा असर परेको भन्दै दातृ निकायसँग सहयोग मागेका छन्।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

काठमाडौं - अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा असर परेको भन्दै दातृ निकायसँग सहयोग मागेका छन्।

triton college

उनले दातृ नियकाका प्रतिनिधिसँग बुधबार भएको भिडियो वार्तामा क्षति पुगेका वास्तविक वर्ग र क्षेत्रलाई उपलब्ध गराउन तत्काल ठूलो सहयोग आवश्यक परेको भन्दै सहयोग मागेका हुन्।

राज्यको क्षमता सीमित हुँदा क्षति पुगेका वर्गलाई राहत उपलब्ध गराउनु नेपाल सरकारका लागि चुनौतीपूर्ण रहेको उनको भनाइ थियो।

सार्कका अर्थमन्त्री, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाइरसले अर्थतन्त्रमा पारेको नकारात्मक असरसम्बन्धी भिडियो वार्ता भएको थियो।

अर्थमन्त्री खतिवडाले कोरोनाबाट भएको क्षति परिपूर्ति गर्न नेपालजस्ता कम क्षमता र स्रोत भएका मुलुकलाई अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले विशेष सहयोग गर्नुपर्ने बताएका थिए।

corrent noodles
Metro Mart

उनले सार्कलाई पुनर्जीवन दिँदै विद्यमान संस्थागत संरचनाको पूर्ण उपयोग गर्ने, व्यापार आपूर्ति प्रणालीलाई निरन्तरता दिने र आवश्यक परे स्वास्थ्य सेवामा थप सहकार्य गर्न सबै राष्ट्रले एकअर्कालाई सहयोग गर्नुपर्ने प्रस्ताव गरेका थिए।

अर्थमन्त्री खतिवडाले कोरोनाका कारण तत्काल नेपालको पर्यटन, निर्माण र रोजगारीका क्षेत्रमा असर पारेको तथा अर्थतन्त्रमा दीर्घकालीन नकारात्मक असर पार्ने बताएका थिए।

उनले भनेका थिए, अर्थतन्त्र उकास्न स्वास्थ्य सेवा र सामाजिक सुरक्षालाई टेवा पुग्ने गरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका छौं।

भिडियो वार्तामा सहभागीहरुले कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीहरुको व्यवस्था, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यम र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीतिबीच गर्न सकिने समन्वय र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले गर्नसक्ने सहयोगबारे धारणा राखेका थिए।

वार्तामा अन्तर्राष्ट्रिय मुद्रा कोषका निर्देशक च्यान्योङ्ग री, विश्व बैंकका उपाध्यक्ष हाट्बिग सेफर, अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष नेना स्टोजोभिक, बहुपक्षीय लगानी प्रत्याभूत संस्थाका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत एस विजय आइयरलगायत सहभागी थिए।

प्रकाशित: Mar 25, 2020| 11:31 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्