बिहीबार, वैशाख ६, २०८१

धरानमा विदेशबाट आएकाको खोजी तीव्र

धरान उपमहानगरपालिकाले विगत दुई सातामा विदेशबाट आएका व्यक्तिको खोजी गर्न थालेको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

इटहरी- धरान उपमहानगरपालिकाले विगत दुई सातामा विदेशबाट आएका व्यक्तिको खोजी गर्न थालेको छ। कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयको निर्देशनपछि उपमहानगरले तथ्यांक संकलन गर्न थालेको हो।

triton college

उपमहानगरपालिकाले तीन दिनअघि वडा कार्यालयमा १५ दिनभित्र घर फर्किएका व्यक्तिहरुको खोजी गरेर जानकारी गराउन पत्राचार गरेको थियो।
पत्र पाएपछि वडाहरुले विदेशबाट आएकाहरुको तथ्यांक संकलन धमाधम गरिरहेका छन्।

‘मन्त्रालयले १५ दिनभित्र विदेशबाट आएकाहरुको विवरण पठाउन भनेपछि वडामा पत्राचार गरेर चाँडो पठाउन भनेका छौं,’ उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने।

वडाहरुमा विदेशबाट आएकाहरु भेटिएको र उनीहरु होम क्वारेन्टाइनमा पनि नभएको पाइएको छ। यसले कोरोना संक्रमणको जोखिम बढेकाे भन्दै जनप्रतिनिधि चिन्तित छन्।

प्रकाशित: Mar 25, 2020| 10:05 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।