शनिबार, वैशाख ८, २०८१

बालबालिकाका लागि अवसर बन्न सक्छ 'लकडाउन'

हामी सकारात्मक कुराको खोजी गर्न सक्छौं। जसले आफू र परिवारका सदस्य खासगरी बालबालिका त्रासबाट मुक्त हुन सकून्।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण यतिबेला सबै मानिस घरभित्र छन्। गाउँको भन्दा सहरी जीवन सकसपूर्ण छ।

triton college

लकडाउन कहिलेसम्म हो निश्चित छैन। स्वदेशमा कोरोना भाइरस संक्रमणका बिरामी देखा पर्न थालेपछि वातावरण अन्योलपूर्ण बनेको छ।

यहीबीचमा हामी सकारात्मक कुराको खोजी गर्न सक्छौं। जसले आफू र परिवारका सदस्य खासगरी बालबालिका त्रासबाट मुक्त हुन सकून्।

बालबालिकाका लागि यो समय किन उपयाेगी नबनाउने? सधैँ व्यस्त रहने अभिभावकसँग उनीहरु हरेक प्रहर सँगै बस्न पाएका छन् अहिले। बालबालिकालाई उनीहरुको रुचिका काममा लगाउन सक्यौं भने नयाँ कुरा सिक्न सक्नेछन्। उनीहरुसँग व्यस्त हुँदा अभिभावकमा पनि त्रास न्यून हुन सक्छ।

corrent noodles
Metro Mart

 

समाचारका माध्यम र सामाजिक सञ्जाल सबैतिर कोरोनाको मात्र चर्चा छ। त्यसैले अभिभावकले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। बालबालिकालाई टेलिभिजन, कम्प्युटर, मोबाइलजस्ता साधन एकदमै टाढा राख्नुपर्ने डा. अरुणा उप्रेती बताउँछिन्। उनका अनुसार अभिभावकले पनि सूचना थाहा पाउन मात्र प्रविधिसँग जोडिँदा राम्रो हुन्छ।

बालबालिकालाई केमा व्यस्त बनाउने त ? उप्रेती भन्छिन्, 'स्वच्छ र सफा रहने तरिका सिकाउन सकिन्छ। शारीरिक व्यायाम गर्न लगाउनुपर्छ।'

बालबालिकाका रुचि बुझेर अभिभावकले सक्रियता देखाउने हो भने उनीहरुले छिटै सिक्छन्। कसैको चित्र कोर्ने र कसैको केही रचना गर्ने रुचि हुन सक्छ। त्यस्ता काममा अभिभावकले विशेष ध्यान दिनुपर्छ।

बालबालिका प्रायः मोबाइल र कम्प्युटरमा झुम्मिन मन पराउँछन्। यसले मानसिक एवम् शारीरिक रुपमा पर्ने असरबारे सचेत गराउनु अभिभावकको दायित्व हो। उप्रेती भन्छिन्, 'सकेसम्म ग्याजेटबाट टाढा राखेर ज्ञानवर्धक पुस्तक पढ्न लगाउनुपर्छ।' 

धेरै अभिभावक बालबालिकालाई भान्सामा पस्न दिँदैनन्। बालबालिकाले भान्साबाट जीवनोपयोगी ज्ञान आर्जन गर्न सक्ने उप्रेती बताउँछिन्।
घरभित्रका काममा लगाउँदा उनीहरुले नयाँ कुरा सिक्छन्। तरकारी केलाउने, धुने, सलाद काट्ने, अन्डा उसिन्ने जस्ता काममा प्रोत्साहित गर्नुपर्छ। यसबाट उनीहरुमा कामप्रतिको लगाव बढ्छ।

उप्रेती भन्छिन्, 'बालबालिकाका लागि भान्सा ज्ञानको भण्डार हो। भान्सबाटै उनीहरुले सागसब्जीबारे जानकारी लिन्छन्। खानेकुरा पकाउने कला सिक्छन्। परिकारबारे थाहा पाउँछन्।'

बूढापाकाबाट पुराना कुरा सुन्न लगाउँदा विगतबारे थाहा हुन्छ भने सामाजिक गतिविधिबारे जानकारी दिँदा उत्तरदायित्व बोध गर्न सक्छन्।

गाउँतिर खेतीपातीकाे काममा सक्रिय बनाउन सकिन्छ भने सहरी क्षेत्रमा बगैँमा व्यस्त बनाउन सकिन्छ। बगैंचाबाट उनीहरुले रुखबिरुवा र सागसब्जीबारे ज्ञान आर्जन गर्न सक्छन्।

फूलहरुको रंग, प्रकृति र सुगन्धबारे अनुभव लिन सक्छन्। फलबारे पनि जान्ने अवसर पाउँछन्। पढेको भन्दा प्रत्यक्ष देखेको, छोएको कुराको ज्ञान दिगो र प्रभावकारी हुन्छ। प्रकृतिसँग रमाउने वातावरण बनाइदिनु हाम्रो कर्तव्य हो।

लामो समयसम्म घरभित्रै बस्नुपर्ने अवस्था आउन सक्छ। तसर्थ बाहिर ननिस्कौँ। घरभित्रै बालबालिकासँग रमाऔँ, सिर्जनात्मक सीप सिकाऔं र त्रासबाट मुक्त होऔँ।

प्रकाशित: Mar 25, 2020| 10:18 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।