१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा कमलामाई नगरपालिका–१ घर भई काठमाडौं सीतापाइला बस्ने ३८ वर्षीय भुवन बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित गेष्ट हाउसमा ललाई फकाई लगेर ती किशोरीलाई भुवनले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ।