शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रत्येक दुई सेकेन्डमा कोरोनाका एक नयाँ बिरामी, एक मिनेटमा दुई जनाको मृत्यु

प्रत्येक दुई सेकेन्डमा कोरोनाका एक नयाँ बिरामी, एक मिनेटमा दुई जनाको मृत्यु

विश्वव्यापी महामारीकोको रुपमा फैलिएको कोरोना भाइरस प्रत्येक दुई सेकेन्डमा एक जनामा देखिन थालेको छ ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

काठमाडौं– विश्वव्यापी महामारीकोको रुपमा फैलिएको कोरोना भाइरस प्रत्येक दुई सेकेन्डमा एक जनामा देखिन थालेको छ ।

triton college

वर्डओमिटरका अनुसार तिब्र गतिमा फैलिएको कोरोना भाइरस अहिलेसम्म १ सय ९७ देशमा फैलिदा ४ लाख २२ हजार ८ सय २९ जना संक्रमित भएका छन् । मंगबार एकै दिनमा ४३ हजार ८ सय १५ जना संक्रमित भएका छन् ।

यो तथ्यांकलाई हिसाव गर्दा प्रत्येक दुई सेकेन्डमा एक जना नयाँ संक्रमित भेटिन थालेका छन् । २४ घण्टामा ८६ हजार ४ सय सेकेन्ड हुन्छ । कोरोना भाइरसबाट २४ घण्टामा ४३ हजार ८ सय १५ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढि संक्रमित अमेरिकामा भेटिएका छन् । अमेरिकामा मात्रै मंगलबार ११ हजार ८९ जना नयाँ संक्रमित फेला परेका छन् । जसको हिसाव गर्दा अमेरिकामा प्रत्येक ७ सेकेन्डमा एक जना संक्रमित भेटिन थालेको छ ।

यस्तै मंगलबार मात्रै स्पेनमा ६ हजार ९ सय २२ जनामा संक्रमण देखिएको छ भने इटालीमा ५ हजार २ सय ३९ जना नयाँ संक्रमित थपिएका छन । जर्मनीमा ३ हजार ९ सय ३५, फ्रान्समा २ हजार ४ सय ४८ जना , इरानमा १ हजार ७ सय ६२, बेलायतमा १ हजार ४ सय २७ र स्विजरल्याण्डमा १ हजार ८२ जना नयाँ संक्रमित भेटिएका छन् ।

corrent noodles
Metro Mart

यस्तै नेदरल्याण्ड, अष्ट्रेलिया, क्यानडा, बेल्जियमलगायतका मुलुकमा पनि तिब्र गतिमा कोरोना भाइरस फैलिएको छ । जहाँ प्रत्येक दिन ५ सयदेखि एक हजारसम्म संक्रमित भेटिन थालेको छ ।

यस्तै वर्डओमिटरका अनुसार कोरोनाबाट अहिलेसम्म १८ हजार ९ सय ७ जनाको मृत्यु भएको छ ।

मंगलबार मात्रै २ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ । जसको हिसाव गर्दा प्रत्येक एक मिनेटमा करिब २ जनाको मृत्यु भइराखेको छ ।

मृत्यु हुनेहरुको संख्या सबै भन्दा बढि इटालीमा रहेको छ । इटालीमा ६ हजार ८ सय २० जनाको मृत्यु भएको छ । यो संख्या चीनमा कोरोनाबाट ज्यान गुमाउनेको भन्दा करिब दोब्बर हो । कोरोना भाइरसको उद्गम देश चीनमा कोरोनाबाट अहिलेसम्म ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा मात्रै इटालीमा ७ सय ४३ जनाको मृत्यु भएको छ । स्पेनमा ६ सय ८० जनाको मृत्यु भएको छ भने फ्रान्समा २४०, अमेरिकामा २ सय २५, इरानमा १ सय २२ जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन।

 

प्रकाशित: Mar 25, 2020| 04:03 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।