युरोपका इटाली र स्पेनमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। स्पेनमा त कोरोना भाइरसविरुद्ध लड्न सेनासमेत परिचालन गरिएको छ।
अलजजिराका अनुसार सेनाले त्यहाँ वृद्धवृद्धाका वेवारिसे शव फेला पारेको छ। वृद्धवृद्धाका लागि खोलिएका आराम कक्ष तथा केयर सेन्टर स्यानिटाइज गर्ने क्रममा वृद्धवृद्धाका वेवारिसे शव भेटिएको हो।
कोरोना भाइरसको संक्रमण चीन, इटालीपछि स्पेनमा तीव्र रुपमा फैलिरहेको छ। स्पेनमा कोरोना संक्रमितको संख्या करिब ४० हजार पुगेको छ भने मंगलबारसम्ममा करिब २७ सयको मृत्यु भएको छ।
मंगलबार स्पेन सरकारले अहिलेसम्मको उच्च मृत्यु भएको बताएको थियो। त्यहाँ २४ घण्टामा ५१४ जनाको मृत्यु भएको थियो। पछिल्ला तीन दिनमा संक्रमितको संख्या दोब्बर भएको छ।