शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बुलेट ट्रेनको गतिमा फैलिँदैछ न्युयोर्कमा कोरोना, इटालीमा फेरि बढ्यो मृत्युदर

बुलेट ट्रेनको गतिमा फैलिँदैछ न्युयोर्कमा कोरोना, इटालीमा फेरि बढ्यो मृत्युदर

बुलेट ट्रेनको गतिमा फैलिँदैछ न्युयोर्कमा कोरोना, इटालीमा फेरि बढ्यो मृत्युदर
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरस बुलेट ट्रेनको गतिमा फैलिरहेको भन्दै त्यहाँका गभर्नर एन्ड्रयु क्युमोले स्वास्थ्य सामग्रीका लागि सहयोग मागेका छन्। संघ सरकारले संकटबाट जुध्न न्युयोर्कमा पर्याप्त मात्रामा जीवनरक्षक सामग्री नपठाएको उनको भनाइ छ ।

triton college

अमेरिकाको संघीय इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले न्युयोर्कका लागि ४ सय वटामात्र भेन्टिलेटर पठाएकोमा आक्रोश व्यक्त गर्दै गभर्नर क्युमोले भने, ‘४०० वटामात्र भेन्टिलेटर पठाउनुको मतलब अरु २६ हजार चाहिँ मरुन् भन्ने हो ?’ उनका अनुसार न्युयोर्कमा ७ हजार भेन्टिलेर छन् र अहिले चाहिएको छ ३० हजार। अत्यन्तै खराब अवस्था आएको खण्डमा न्यूयोर्कमा मात्रै १ लाख ४० हजार अस्पताल बेड आवश्यक पर्ने उनले जनाएका छन्।

न्युयोर्कमा हालसम्म २५ हजार जनामा कोरोना संक्रमण देखिइसकेको छ र २१० जनाको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य संगठनले मंगलबारमात्रै कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्न सक्ने चेतावनी दिएका छन्। न्युयोर्कमा हरेक ३ दिनमा संक्रमण दोब्बर भइरहेको छ।

उता, इटालीमा २४ घण्टा ९मंगलबार०मा ७४३ ले ज्यान गुमाएका छन्। यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो । इटालीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ।

इटाली कोरोना भाइरसबाट विश्वका सबैभन्दा बढी प्रभावित देशको सूचीमा छ। त्यहाँ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा लामो समयदेखि लकडाउन गरिएको छ।

corrent noodles
Metro Mart

इटाली विश्वका सबैभन्दा धेरै पाका व्यक्ति भएको देश हो। बढी उमेरका व्यक्ति संक्रमणको चपेटामा छिटो आउने र उनीहरुलाई जोगाउन मुस्किल हुने चिकित्सकहरुले बताउँदै आएका छन्।

इटालीमा मृत्युको संख्या बढे पनि संक्रमण दरमा भने केही दिनयता केही कमी आएको छ। व्यक्तिगत दूरी बढाउने नियमको कडा पालना गर्दा संक्रमणको दर घटेको बताइएको छ।

इटालीमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ६९ हजार १ सय ७६ छ।

मंगलबारसम्ममा कोरोना भाइरस १९५ देशमा फैलिएको छ। यसबाट १८ हजार ८१० जनाको मृत्यु भइसकेको छ भने ४ लाख २१ हजार ४ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सीएनएन

 

प्रकाशित: Mar 25, 2020| 01:18 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।