भारतमा पनि मंगलबार राति १२ बजेदेखि २१ दिन पूर्ण लकडाउन हुने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका नाममा सम्बोधन गर्दै लकडाउनको घोषणा गरेका हुन्। यो एक किसिमले कर्फ्यु नै भएको भन्दै उनले जनतालाई सचेत पनि गराएका छन्।
उनले कोरोनाबाट बच्न घरबाट बाहिर ननिस्कन र भौतिक दूरी कायम गर्न आह्वान गरेका छन्।
यसअघि भारतमा एक दिन जनता कर्फ्यु लागु भएको थियो।