एजेन्सी- विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा एकै दिन ५ सय १४ जनाको मृत्यु भएको छ।
मंगलबार मात्रै त्यहाँ ५ सय १४ जनाको मृत्यु भएपछि जम्मा मृत्यु हुनेको संख्या २ हजार ६ सय ९६ पुगेको छ।
युरोपेली देश स्पेनमा कोरोनाबाट संक्रमितको संख्या ४० हजारको हाराहारीमा पुगेको छ।
मंगलबार मात्रै त्यहाँ ४ हजार ५ सय ३७ जना नयाँ संक्रमित भेटिएका छन्।
हालसम्म सबैभन्दा धेरै इटलीमा सबैभन्दा धेरै ६ हजार ७७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६३ हजार ९२७ पुगेका छन्।
अमेरिकामा संक्रमितको संख्या ४६ हजार १६८ पुगेका छन्।
विश्वभर कोरोनाबाट १७ हजार १ सय ३८ जनाको मृत्यु भएको छ।
झण्डै ४ लाख संक्रमित भएका छन्।
१ लाख २ हजार ८५० जना उपचारपछि निको भएका छन्।