शुक्रबार, वैशाख १४, २०८१

अमेरिकी डलरको भाउमा उच्च वृद्धि

विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

काठमाडौं- विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ।

triton college

नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो। कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको मूल्यअनुसार एक अमेरिकी डलरको बिक्री दर १२२ रुपैयाँ ३४ पैसा र खरिद दर १२१ रुपैयाँ तोकिएको छ।

डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएर १ अमेरिकी डलर बराबर भारु ७६ पुगेकाले त्यसको प्रभाव नेपाली मुद्रामा समेत परेको हो। गत फागुन १८ गते अर्थात् मार्च एक तारिखका दिन अमेरिकी डलर एकको खरिद दर ११५ रुपैयाँ २० र बिक्री दर ११५ रुपैयाँ ८० पैसा थियो।

केन्द्रीय बैंकका अनुसार यूरो एक बराबर खरिद दर १२९ रुपैयाँ ९३ पैसा र बिक्री दर १३० रुपैयाँ ५७ पैसा तोकिएको छ। यस्तै पाउण्ड स्ट्रलिङ एक बराबर खरीददर १४० रुपैयाँ ११ र बिक्री दर १४० रुपैयाँ ८० पैसा तोकिएको छ। रासस

corrent noodles
Metro Mart

प्रकाशित: Mar 24, 2020| 09:53 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्