काठमाडौं– चितवनको ‘भरतपुर कोरोना विशेष अस्थाई अस्पातल’को आइसोलेसनमा रहेका एक युवकको मृत्यु भएको छ ।
वीरगंज निवासी ३० वर्षीय उनको आज बिहान मृत्यु भएको उपचारमा सलंग्न डा. भोजराज अधिकारीले जानकारी दिए ।
उनलाई पहिलेदेखि नै मिर्गौला सम्बन्धी समस्या रहेको तथा उच्च ज्वरो र खोकी समेत भएकाले दुई दिन अघि कोरोना विशेष अस्पताल चितवनमा राखिएको अधिकारीले जानकारी दिए। उनले भने, “कोरोनाले मृत्यु भएको प्रमाणित भएको छैन।”
उनमा कोरोना रहे नरहेको परीक्षणका स्वाब टेकु पठाइएको पनि डा.अधिकारीले बताए ।