शनिबार, वैशाख ८, २०८१

कतार एयरवेजबाट आएका दुई व्यक्तिको धुलिखेलमा उपचार

बनेपा नगरपालिका- २ का सरोज दाहाल नगरपालिकाको सम्पर्कमा आएका छन्।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं - कतार एयरवेजकाे विमानबाट चैत ४ गते काठमाडौं आएका बनेपा नगरपालिका- २ का सरोज दाहाल नगरपालिकाको सम्पर्कमा आएका छन्।
उनी धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि घरमै सेल्फ क्वारेन्टाइनमा रहेको बनेपा नगरपालिकाका प्रेस संयोजक लक्ष्मण तिमल्सिना जानकारी दिए।

यस्तै सोही विमानमा नेपाल आएका धुलिखेल काभ्रे भन्ज्याङका अर्का एक व्यक्ति पनि धुलिखेल अस्पतालको सम्पर्कमा आएर उपचार गराइरहेका छन्। उनकाे परिचय खुलाइएकाे छैन।

सोही विमानमा आएकी एक युवतीलाई कोरोना संक्रमण भएको पुष्टि सोमबार स्वास्थ्य मन्त्रालयले गरेको थियो। अहिले ती युवतीको शुक्रराज ट्रपिकल सेन्टरमा उपचार भइरहेको छ भने उनका परिवारलाई पनि उच्च स्वास्थ्य निगरानीमा राखिएको छ।

प्रकाशित: Mar 24, 2020| 07:12 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।