पोखरा - कोरोना महामारीको जोखिम कम गर्न घरबाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लंघन ५० मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरु सबैको चाबी नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ।
लक डाउनका बेला रमिते बन्दै हिँडेका सवारीधनीको चाबी प्रहरीले नियन्त्रणमा लिएको हो ।
अनावश्यक काममा बाहिर निस्किएकाहरुको मोटरसाइकलको चाबी नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी इन्स्पेक्टर सन्तोष रोकाले जानकारी दिए। लकडाउनका कारण कास्की सुनसान छ। मानिसहरु घरबाहिर निस्किएका छैनन्। अत्यावश्यक काममा केही व्यक्ति निस्किए पनि प्रहरीले निगरानी गरिरहेको कास्की प्रशासनले जनाएको छ।