बिहीबार, वैशाख १३, २०८१

दुई मन्त्रालय हाँकेका 'सिनियर' सचिव साइकलमा सीमित

मन्त्रीको स्वार्थ नमिल्दा प्रदेश २ मा केही समय अघिसम्म दुई मन्त्रालयको जिम्मेवारी सम्हालेका सचिवलाई साइकलमा सीमित गरिएको छ।
 |  बिहीबार, साउन ७, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, साउन ७, २०७८

जनकपुरधाम- मन्त्रीको स्वार्थ नमिल्दा प्रदेश २ मा केही समय अघिसम्म दुई मन्त्रालयको जिम्मेवारी सम्हालेका सचिवलाई साइकलमा सीमित गरिएको छ। भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले आफू निकटका कर्मचारीलाई सचिवका रूपमा मन्त्रालयमा ल्याएकाले त्यसअघि दुई मन्त्रालय सम्हालेका सचिव रामआधार साह साइकलमा सीमित भएका हुन्।  

triton college

राजनीतिक सत्तासमीकरण मिलाउनका लागि मन्त्रालय फुटाउने, मन्त्रीले आफू अनुकूलका व्यक्तिलाई ल्याउने प्रवृत्तिका कारण समस्या उत्पन्न भएको हो। 'सिनियर' सचिव रामआधार साहको व्यवस्थापन नगरी नयाँ सचिव दीपककुमार दासलाई जिम्मेवारी दिइएपछि भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा ऊर्जा विकास मन्त्रालय सम्हालेका सचिव साहको कार्यकक्ष र सवारी सुविधा खोसिएको हो।

प्रदेश २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराउनका लागि मन्त्रालय फुटाइएको थियो। भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी तथा ऊर्जा विकास मन्त्रालय बनाइएपछि दुवै मन्त्रालयको जिम्मेवारी सचिव रामआधार साहले सम्हाल्दै आइरहेका थिए। 

भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी तथा ऊर्जा विकास मन्त्रालय बनाइएपछि दुवै मन्त्रालयको जिम्मेवारी सचिव रामआधार साहले सम्हाल्दै आइरहेका थिए। 

शुक्रबार भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव भएर दीपककुमार दास मन्त्रालयमा हाजिर भए। यसपछि सचिव साहको जिम्मेवारी दासलाई दिइयो। मन्त्रालयमा आएलगत्तै सचिव साहले प्रयोग गर्दै आएका कार्यकक्ष, गाडीमा दासले कब्जामा लिए। अहिले साह सवारी सुविधाविहीन बनेका छन्। 

भौतिक मन्त्रालयको भित्तामा झुन्ड्याइएको सचिव रामआधार साहको बोर्ड, कार्यकक्ष र गाडीसमेत नयाँ सचिव दीपककुमार दास हाजिर भएकै दिनदेखि नियन्त्रणमा लिएपछि अहिले उनी अन्योलमा मात्र परेका छैनन्, साइकलमा नै मन्त्रालयको काममा आवतजावत गरिरहेका छन्।

corrent noodles
Metro Mart

सरुवा भएको पत्र प्राप्त गरेपछि सामग्री बरबुझारथ गर्नका लागि सचिवलाई २२ दिनको समय हुन्छ। तर सचिव साहले आफूलाई थाहा नै नदिई कार्यकक्ष, गाडीदेखि सम्पूर्ण सामग्रीहरू नयाँ सचिव दीपककुमार दासले छापामार शैलीमा अधीन जमाएर प्रयोग गर्न थालेको आरोप लगाए। 

साहलाई खानेपानी तथा ऊर्जा विकास मन्त्रालयमा सरुवा गरिएको पत्र नदिई सचिव दीपककुमार दासले कार्यकक्ष र गाडीमा कब्जा जमाएका हुन्।

‘सबै सरसामग्री बुझबुझारथ गर्न नपाउँदै एकाएक सबै नियन्त्रणमा लिनु गलत हो। मैले बुझबुझारथ गरेपछि प्रयोग गर्ने उहाँले नै हो,' सचिव साहले भने, 'तर गलत प्रक्रियाबाट उनले एकाएक छापामार शैलीमा यसरी कब्जा गर्नु जिम्मेवार कर्मचारीलाई सुहाउँदैन। म उहाँभन्दा १० वर्ष सिनियर छु। कमसेकम त्यो त खयाल गर्नु पर्ने थियो।’

कांग्रेसबाट भौतिकमन्त्री बनेका रामसरोज यादवले सचिव रामआधार साहलाई हटाएर सरुवा नगरी अर्का सचिव मन्त्रालयमा भित्र्याइएको हो। साहलाई खानेपानी तथा ऊर्जा विकास मन्त्रालयमा सरुवा गरिएको पत्र नदिई सचिव दीपककुमार दासले कार्यकक्ष र गाडीमा कब्जा जमाएका हुन्।

यता सचिव साहले प्रयोग गर्दै आएका गाडी नयाँ सचिवले कब्जामा लिएपछि साह साइकलबाटै कार्यालय आवतजावत गर्न थालेका छन्। ‘कार्यालय समयमा पुग्नुपर्ने भएकोले गाडी खोसिएपछि साइकलबाटै कार्यालय आवागमन गर्न सुरु गरेको छु,’ उनले भने। कांग्रेसको भागमा परेका खानेपानी मन्त्रालय र भौतिक मन्त्रालय सँगै टाँसिएका छन् भने दुवै मन्त्रालय कांग्रेसका भागमा परेका छन्। 

स्रोतका अनुसार भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव तत्कालीन जिल्ला विकास समिति धनुषा सभापति हुँदा हाल सचिव बनेर आएका दीपककुमार दास कर्मचारी थिए। यसपछि मन्त्री यादवले आफ्नो अनुकुलका कर्मचारी दीपककुमार दासलाई सचिवका रूपमा मन्त्रालय भित्र्याएका हुन्। अर्का सचिव रामआधार साहसँग कुरा नमिलेकाले उनलाई हटाएर नयाँ सचिव ल्याइएको चर्चा कर्मचारी वृत्तमा छ। 

प्रकाशित: Jul 22, 2021| 14:25 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।