जनकपुरधाम– कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनको पहिलो दिन मंगलबार जनकपुर पनि ठप्प भएको छ।
यहाँका सम्पूर्ण पसलहरु बन्द छन भने सवारी साधन पनि पूर्ण रुपले ठप्प छन्।
छिटपुट सञ्चालनमा रहेका मोटरसाइकल समेत प्रहरीले रोकेको छ।
जनकपुरको जिरोमाइलबाट प्रहरीले पचासभन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको छ । कोरोनाबाट यसैगरी जबरजस्ती मोटरसाइकल चलाउन खोज्ने दुई जना पक्राउ परेका छन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषप्रसाद निरौलाले लकडाउनलाई पूर्ण रुपमा पालन गर्न सबैसँग आग्रह गरेका छन्।
सरकारको आदेश उल्लंघन गर्नेलाई एक महिनाको कैद सजायसमेत हुनसक्ने निरौलाले बताए।
अहिले सम्म घरबाहिर निस्केकालाई सम्झाइबुझाइ फिर्ता पठाइएको छ, जबरजस्ती गरे नियन्त्रणमा लिइ कारवाही हुन्छ उनले भने।