भैरहवा– सरकारले आज बिहान ६ बजेदेखि लागू हुने गरी मुलुकभर ‘लकडाउन’ घोषणाा गरे पनि मानिसको आवागमन, पसल सञ्चालन, निजी सवारी साधन सञ्चालन यथावत रहेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारयण पौडेलले कपिलबस्तु जिल्ला पनि कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेकोले सबै जिल्लाबासीको हितलाई ध्यानमा राख्दै चैत २१ गते बिहान ६ बजेसम्म वा अर्काे आदेश नभएसम्म निषोधाज्ञा जारी गरिएको जानकारी दिए ।
निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र स्थलहर बन्द गर्न र घरबाहिर ननिस्कन भनिएको छ।
आदेशको उल्लंघन गर्नेलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी दीर्घनारयण पौडेलले बताए।