बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दुबैतिर नाका बन्द भएपछि भारतबाट आएका नेपाली दशगजामा अलपत्र 

दुबैतिर नाका बन्द भएपछि भारतबाट आएका नेपाली दशगजामा अलपत्र 

रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा रहेका नेपालीहरु रोजगारदाता कम्पनीले बेतलबी बिदा दिएपछि घर फर्किन थालेका छन्।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

भैरहवा- रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा रहेका नेपालीहरु रोजगारदाता कम्पनीले बेतलबी बिदा दिएपछि घर फर्किन थालेका छन्।

triton college

कम्पनीले विदा दिएपछि घर जान हिँडेकाहरु यतिबेला दशगजामा आएर अलपत्र परेका छन्। नेपाल सरकारले भारतबाट आउनेहरुलाई पनि सोमबार दिउँसोदेखि रोकेपछि उनीहरु बेलहिया स्थित दशगजामा अलपत्र परेका हुन्।

सुनौली नाका हुँदै आएका उनीहरु नेपालको गुल्मी, अर्घाखाँची, स्याङ्जा, पाल्पा, बागलुङ, चितवन, कास्की, म्याग्दी, मनाङ, प्यूठान, दाङ, रोल्पा, कपिलवस्तु, परासी, रूपन्देही लगायत विभिन्न जिल्लाका छन्।

अधिकांश बालबच्चासहित आएका नेपालीहरुले दशगजामा स्वास्थ्यको कारण देखाउदै छेकबार लगाएर रोकिनु दुखद भएको बताए। तीन घण्टादेखि दशगजामै रहेका गुल्मीका वीरबहादुर श्रीशले भने, ‘अर्काको देशमा केही भएन। स्वास्थ्य चेक गर्दै पठायो। अब हामी आउँदाआउँदै यहा रोकिएछ। अब कहाँ जाने उता कम्पनीबाट बिदा लिएर आइयो। यता देश छिर्न पाइएन। ’

corrent noodles
Metro Mart

सरकारले  सूचना प्रवाहमा ढिला गरेकोले भारतबाट आउने धेरै नेपाली दशगजामा रोकिएका छन्। स्थानीय युवा समाजसेवी चक्रबहादुर थापाले भने, ‘उनीहरु आइसकेका छन्। घर आएकालाई फर्काउनु हुन्न। विदेशमा प्लेन चार्टर्ड गरेर आफ्ना नागरिक स्वदेश ल्याउने गरिएको छ। स्वदेश आएकाहरुलाई बरु क्वारेन्टाइनमा राखेर घरघर पठाउँदा उपयुक्त हुन्छ। ’

विद्यार्थी नेतृ लक्ष्मी केसीले सीमा क्षेत्रमा रहेको भैरहवा बहुमुखी क्याम्पस, बेलहियामा रहेको बेलहिया मावि, भैरहवा नमूना उच्च मावि, रूपन्देही क्याम्पस र निजी विद्यालयहरुलाई तत्काल क्वारेन्टाइनको रुपमा परिणत गरेर भारतबाट आएका नेपालीहरुलाई त्यहाँ राख्नुपर्ने बताइन्।

उनले भनिन्, ‘सीमावर्ती क्षेत्रमा रहेका क्याम्पस, कलेज तथा विद्यालयलाई क्वारेन्टाइन बनाउनुपर्छ। निश्चित समय त्यहाँ राखेर मात्रै घर जाने गरी प्रबन्ध मिलाउनुपर्छ।’

प्रकाशित: Mar 23, 2020| 13:50 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।