शुक्रबार, वैशाख ७, २०८१

कैदीबन्दी रिहाइ प्रक्रिया सुरु

कोरोना भाइरस संक्रमणको जोखिममा रहेको भन्दै निवदेन दिएका कैदीबन्दीलाई रिहाइ गरिने भएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिममा रहेको भन्दै निवदेन दिएका कैदीबन्दीलाई रिहाइ गरिने भएको छ।

triton college

सर्वोच्च अदालतको आदेशपछि कारागार व्यवस्थापन विभागले उनीहरूको रिहाइ प्रक्रिया सुरु गरेको हो।

विभागका महानिर्देशक प्रदीपराज कँडेलले भने, ‘सर्वोच्च अदालतको आदेशबमोजिम कैदीबन्दीलाई रिहाइ प्रक्रिया सुरु गरिएको छ।’

उनले देशभरका विभिन्न कारागारमा रहेका कैदीबन्दीलाई उनीहरूको मागबममोजिम रिहाइ गरिने बताए। कँडेलका अनुसार चरणमा अभद्र व्यवहारलगायतका मुद्दामा सजाय भोगिरहेका कैदीबन्दी रिहा हुनेछन्। बाँकी कैदबापत पैसा लिएर कैदीबन्दीलाई रिहा गरिने कँडेलले बताए।

कोरोना भाइरसको त्रासमा रहेका कैदीबन्दीले रिहाइको माग गर्दै आएका छन्। सर्वोच्च अदालतले शुक्रबार कैदबाट छोडिपाउन निवेदन परेमा उपयुक्त देखिए न्यायाधीशको इजलासबाट आवश्यक आदेश गरी छोड्ने व्यवस्था गर्ने आदेश दिएको थियो।

corrent noodles
Metro Mart

सर्वोच्चको आदेशमा छ, ‘...कारागारमा रहने कैदी बन्दीको भीडभाड कम गर्ने प्रयोजनार्थ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ अनुसारको कैदबापत रकम लिई कैदबाट छोडिपाउन निवेदन परेमा रकम लिई कैदबाट छोडिदिन उपयुक्त देखिए न्यायाधीशको इजलासबाट आवश्यक आदेश गरी छोड्ने व्यवस्था गर्ने।’

 

प्रकाशित: Mar 23, 2020| 12:41 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।