सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भोलिदेखि जोरविजोर प्रणाली लागू हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रणको लागि सावधानी अपनाउन जोड–विजोर प्रर्णाली लागू गर्न लागिएको जनाएको छ।
जसअनुसार भोलि विजोर नम्बर भएका सवारी साधानमात्रै सञ्चालन हुनेछन्।
यो नियम मोटरसाइकल, अटो गाडी सबैमा लागू हुने सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण खड्काले जानकारी दिए।
यस्तै राती १० बजेदेखि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, सुरक्षाकर्मीका सवारी साधन बाहेक अन्य कुनै पनि सवारी साधनहरुको आवागमन बन्द गरिने जनाइएको छ।
तर दैनिक खाद्यवस्तु, औषधिपसल वाहेक अन्य पसलहरु रेस्टुरेन्ट, बार, चिया, पसल सञ्चालन हुने छन्।
प्रशासनले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन, जमघट भेला नगर्न समेत आग्रह गरेको छ।
सुनसरीको इटहरी उपमहानगरपालिकाले पनि जोरविजोर प्रणाली लागू गरेको छ।