मंगलबार, वैशाख ११, २०८१

इटहरीमा जोरविजोर प्रणाली लागू हुने

इटहरी इटहरी उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि उपमहानगर क्षेत्रभित्र जोरविजोर प्रणाली लागू गर्ने भएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

जोर विजोर- इटहरी इटहरी उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि उपमहानगर क्षेत्रभित्र जोरविजोर प्रणाली लागू गर्ने भएको छ।

triton college

सोमबार बसेको इटहरी उपमहानगरको कार्यपालिकाको आकस्मिक बैठकले उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सिटी सफारी, अटो र म्याजिक गाडीहरु दैनिक सञ्चालनका लागि जोरविजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले उपमहागर क्षेत्रभित्र कोरोना संक्रमण भित्रिन र फैलिन नदिन तथा शंकास्पद व्यक्तिहरुको निगरानी र उपचारको व्यवस्थासमेत मिलाउन नगर प्रमुख द्वारिकालाल चौधरी संयोजक र उपमेयर लक्ष्मी गौतम सहसंयोजक रहेको नगरस्तरी समिति गठन गरेको छ।

त्यस्तै बैठकले सबै वडाहरुमा वडाअध्यक्षको संयाजकत्वमा समन्वय समिति गठन गरेको छ।

त्यस्तै बैठकले अत्यावश्यक, दैनिक उपभोग्य सामान बाहेकका अन्य पसल तथा बजार आगामी चैत २१ गतेसम्मका लागि बन्द गर्न व्यापारी, उद्योगी, व्यवसायीहरुमा अनरोध गर्दै नगरवासीलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।

corrent noodles
Metro Mart

इटहरीको जनता बहुमुखी क्याम्पसमा २०० जना क्षमता भएको क्वारेन्टाइन सेवा स्थापना गरिएको छ। त्यस्तै अन्य सामुदायिक विद्यालयहरुमा क्वारेन्टाइन बनाउने निर्णयसमेत बैठकले गरेको छ।

प्रकाशित: Mar 23, 2020| 11:50 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।