शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट जोगिन प्रदेश २ मा फितलो तयारी, स्वास्थ्यकर्मी असुरक्षित

कोरोनाबाट जोगिन प्रदेश २ मा फितलो तयारी, स्वास्थ्यकर्मी असुरक्षित

कोरोना संक्रमणबाट जोगिन प्रदेश २ को तयारी फितलो देखिएको छ। प्रदेश सरकारले उचित व्यवस्था गर्न नसक्दा स्वास्थ्यकर्मीहरु असुरक्षित महशुस गर्न थालेका छन्।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

जनकपुरधाम- कोरोना संक्रमणबाट जोगिन प्रदेश २ को तयारी फितलो देखिएको छ। प्रदेश सरकारले उचित व्यवस्था गर्न नसक्दा स्वास्थ्यकर्मीहरु असुरक्षित महशुस गर्न थालेका छन्।

triton college

बिरामीको धेरै भीडभाड रहने जनकपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सकहरु कोरोना संक्रमणबाट जोगाउन आवश्यक पीपीई, मास्क, चश्मालगायतका उपकरणबिनै चेकजाँचमा खटिएका छन्।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत रहेको जनकपुरस्थित प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट जोगिन आवश्यक उपकरणहरु नहुँदा आफूहरु असुरक्षित महसुस गरिरहेको चिकित्सकहरु बताउँछन्।

प्रादेशिक अस्पतालका प्रमुख डा.नागेन्द्र यादवले दिनहुँ ७ सयदेखि ८ सयको संख्यामा ओपीडीमा बिरामी आउने गरेको तर चेकजाँचमा खटिएका चिकित्सकहरुलाई (पर्सनल प्रोटेक्टिभ इक्वीप्मेन्ट) पीपीई लगायतका सुविधान उपलब्ध हुन नसकेपछि असुरक्षित महसुस गरिरहेको बताए।

‘दैनिक ७ देखि ८ सय बिरामी ओपीडीमा आउने गरेका छन्, वार्डमा पनि त्यतिकै चाप छ,’ उनले भने, ‘तर, स्वास्थ्यकर्मीहरुलाई कोरोना प्रतिरोधक पोशाकलगायतका सामग्री उपलब्ध छैन। हामी आफै जोखिम महसुस गरिरहेका छौँ।’

corrent noodles
Metro Mart

प्रादेशिक अस्पतालमा बिरामीको चाप घटाउनतर्फ विचार भइरहेको उनले बताए। सामान्य उपचारको लागि समेत बिरामीहरु अस्पताल पुग्ने गरेको भन्दै केही दिनको लागि यसो नगरिदिन उनले आग्रहसमेत गरेका छन्।

यता, कोरोना संक्रमण पाइए उपचारको लागि प्रदेश सरकारको तयारी फितलो देखिएको छ। हालसम्म प्रादेशिक अस्पतालमा आइसोलेशन वार्ड तयार हुन सकेको छैन भने क्वारेन्टाइनको व्यवस्था पनि छैन।

प्रादेशिक अस्पतालमा आइसोलेशन कक्ष बनाइए पनि त्यहाँ बेड राखिएको छैन। बेड बिनाको आइसोलेशन कक्ष किन बनाइएको भन्ने जिज्ञासामा अस्पताल प्रमुख यादवले आफू तत्काल गएर यस विषयमा जानकारी लिने बताए।

यसैगरी कोरोना संक्रमण पाइएको अवस्थामा बिरामीको उपचार गर्न भेन्टिलेटरको व्यवस्थासमेत हालसम्म हुन सकेको छैन्। ‘हालसम्म प्रदेश २ मा कोरोना संक्रमित फेला परेको छैन्,’ अस्पताल प्रमुख डा. यादव भन्छन्, ‘बिरामी उपचार गर्न भेन्टिलेटर आवश्यक छ, तर व्यवस्था हुन सकेको छैन्। यसको तयारीमा हामी जुटेका छौँ।’

प्रदेश २ स्थित स्वास्थ्य निर्देशनालयका सूचना अधिकृत विजय झाले वीरगंजदेखि सप्तरीसम्म करिब २ सय ५० बेडको क्वारेन्टाइनको व्यवस्था भइसकेको बताए। क्वारेन्टाइनको समस्या नरहेपनि आवश्यक उपकरणको अभाव रहेकोले आफूहरुलाई समस्या भइरहेको झा बताउँछन्।

‘प्रदेशमा क्वारेन्टाइनको ज्यादै समस्या छैन्,’ उनले भने, ‘तर कहिँकतै पोजिटिभ केस फेला परे उपचारको लागि आवश्यक उपकरणको व्यवस्था हुन नसकेको छैन्।’

शंकास्पद १० जना बिरामीलाई ल्याब परीक्षण गर्न तत्काल किट उपलब्ध रहे पनि त्यसभन्दा बढीको जाँच गर्ने अवस्था नरहेको उनले बताए।

‘केही ल्याब प्राविधिकहरुलाई प्रशिक्षण दिइएको छ,’ उनले भने, ‘अहिलेको अवस्थामा हामीसँग १० जना शंकास्पद जाँच गर्न सक्दछौं। तर हामी तीन सयको लक्ष्य बोकेर काम गरिरहेका छौँ।’

स्वास्थ्यकर्मीनै जोखिममा रहे बिरामीको उपचार गर्न कठिन हुनसक्ने तथ्यलाई बुझेर आवश्यक सामग्री जुटाउन आफूहरु लागि परेको झाले बताए।

प्रदेश २ सँग जोडिएको बिहारको पटनामा एकजना कोरोना संक्रमितको ज्यान गएपछि सर्वसाधारणमा त्रास फैलिएको छ। बिहार नजिकै रहेकोले प्रदेश २ मा समेत कोरोना संक्रम हुनसक्ने भन्दै उनीहरु त्रसित बनेका छन्।

प्रकाशित: Mar 23, 2020| 11:18 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।