शुक्रबार, वैशाख ७, २०८१

भोलिदेखि जनकपुर बजार बन्द

विश्वभर कोरोना भाइरस संक्रमणको संक्रमण बढ्दै गएपछि जनकपुर बजार बन्द हुने भएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

जनकपुरधाम- विश्वभर कोरोना भाइरस संक्रमणको संक्रमण बढ्दै गएपछि जनकपुर बजार बन्द हुने भएको छ। कोरोना संक्रमण भित्रिन नदिन भोलिदेखि जनकपुर बजार बन्द हुन लागेको हो।

triton college

जनकपुर उद्योग वाणिज्य संघको सोमबार बसेको बैठकले कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजरी गरी मंगलबारदेखि चैत १६ गतेसम्म अत्यावश्यकबाहेक सम्पूर्ण व्यवसायिक प्रतिष्ठानहरु बन्द गर्ने निर्णय गरेको छ।

जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहले सम्पूर्ण वस्तुगत संघसंस्थाहरुको सुझावअनुसार भोलिदेखि चैत १६ गतेसम्म जनकपुर बजार बन्द गर्ने निर्णय भएको जानकारी दिए।

बजार क्षेत्रमा भीडभाड हुन नदिन अत्यावश्यकबाहेक अन्य सम्पूर्ण पसलहरु मंगलबारदेखि बन्द रहने उनले बताए।

दैनिक उपभोग्य वस्तु, दुधजस्ता अत्यावश्यक सामग्रीबाहेक अन्य सम्पूर्ण पसलहरु बन्द गर्ने निर्णय वाणिज्य संघले गरेको वरिष्ठ उपाध्यक्ष साहले जानकारी दिए।

corrent noodles
Metro Mart

यसअघि आइतबार बसेको वाणिज्य संघको बैठकले कोरोना भाइरसको महामारीका कारण कुनै समयपनि बजार बन्द गर्ने अवस्था आउनसक्ने भन्दै सम्पूर्ण सबैलाई तयार भएर बस्न आग्रह गरेको थियो।

भारत बिहार राज्यको पटनामा कोरोना संक्रमणबाट एकजनाको ज्यान गएपछि जनकपुरसहितको क्षेत्रमा त्रास उत्पन्न भएको छ।

कोरोना त्रासका कारण जनकपुर बजार क्षेत्रमा मानिसहरुको चहलपहल पातलिएको छ।

मानिसहरुको चहलपहलमा कमी भएपछि स्थानीय रुटमा चल्ने सार्वजनिक यातायातका साधनहरु समेत न्यून संख्यामा गुडेका छन्।

प्रकाशित: Mar 23, 2020| 10:00 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।