शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वृद्धवृद्धा, दीर्घरोगी र श्वासप्रश्वासका बिरामीको कोरोना परीक्षण गरिने

वृद्धवृद्धा, दीर्घरोगी र श्वासप्रश्वासका बिरामीको कोरोना परीक्षण गरिने

हिजोसम्म ग्रिन जोनमा रहेको नेपाल यो जोनबाट हटेको भन्दै सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडौं– फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक नेपाली किशोरीमा कोरोना संक्रमणको पुष्टि भएपछि सरकारले संक्रमण नियन्त्रण गर्न थप कदम चाल्ने भएको छ। विदेशबाट फर्किएका व्यक्तिहरु तथा उनीहरु नजिक रहेका अन्य व्यक्तिमा संक्रमणको शंका लागेमा परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

triton college

साथै रुघाखोकी, ज्वरो, तथा खोकी लागेका ६० वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगी, श्वासप्रश्वासको समस्या भएका मानिसहरुको पनि परीक्षण गरिने मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए । सरकारले विभिन्न अस्पतालमा थप २३५ आईसीयू थप गर्न लागेको उनले जानकारी दिए । यसअघि उपत्यकाका ६ अस्पतालमा १ सय २० आईसीयू विस्तार गर्ने निर्णय सरकारले गरेको थियो ।

साथै टेकु अस्पतालमा थप १० शैय्याको आईसीयू सुरु गरिएको छ भने पेइङ क्लिनिक पनि २ हप्ताको लागि बन्द गरिएको छ। ‘सरकारले सर्भिलेन्सको दायरा बढाएको छ । नमुना परीक्षण थोरै गरेर कोरोना संक्रमण नभेटिएको भन्ने गुनासो सम्बोधन हुन्छ। नेपालमै संक्रमित देखिएकोले पनि नमुना परीक्षणको दायरा बढाइएको हो,’ देवकोटाले भने।

स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भानुभक्त ढकालले केन्द्रमा रहेका स्वास्थ्य सामग्री प्रत्येक प्रदेशमा पुर्‍याइने र टेकु अस्पतालमा रहेको स्तरको ल्याब विस्तार गर्ने प्रयासमा सरकार जुटेको बताए। सरकारले आइतबार कोरोना संक्रमण नियन्त्रणको लागि औषधोपचार र अन्य व्यवस्थापनका लागि ५० करोडको कोष स्थापना गरेको छ ।

हिजोसम्म ग्रिन जोनमा रहेको नेपाल यो जोनबाट हटेको भन्दै सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत मंगलबार फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया छात्राको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको देखिएको थियो । नेपाल प्रवेश गरेपछि उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

corrent noodles
Metro Mart

नेपाल प्रवेश गर्दा उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन । मन्त्री ढकालले भने, ‘विदेशबाट आउनेहरुलाई हामीले होम क्वारेन्टाइनमा बस्न भनेको थियौं। त्यसैअनुरुप उनी क्वारेन्टाइनमा बसेकी थिइन्। खोकीको लक्षण देखिएपछि उनी अस्पताल पुगेकी थिइन्, परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो ।’ उनको अवस्था अहिले सामान्य रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।

यसबीचमा उनले साथीहरु र आफन्तलाई पनि भेटेको हुनसक्ने भन्दै उनीहरुको सरकारले खोजी गरिरहेको छ । कोरोना पुष्टि भएकाले उनको परिवारलाई पनि आइसोलेसनमा राखिने मन्त्री ढकालले बताए ।

आइसोलेसनमा राखिने सबैमा कोरोना संक्रमण भए–नभएको यकिन गर्न स्वास्थ्य परीक्षण गरिने ढकालले स्पष्ट पारे। साथै ती किशोरी आएको जहाजमा नेपाल आएका अन्य व्यक्तिको पनि खोजी शुरु गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल खरिपाटीस्थित क्वारेन्टाइनमा ७१ जना नेपाली तथा विदेशीहरु छन् । खरिपाटीको क्वारेन्टाइनलाई इमर्जेन्सी क्वारेन्टाइनको रुपमा राखिने र क्वारेन्टाइनमा बस्नको लागि ठाउँ नभएकाहरुलाई अन्य ठाउँमा राखिने मन्त्री ढकालले जानकारी दिए ।

प्रकाशित: Mar 23, 2020| 09:12 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।