काठमाडौं- पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे चीनका लागि राजदूतमा अनुमोदित भएका छन्।
संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिको सोमबार बसेको बैठकले पाण्डेको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन्।
यसअघि चीनका लागि राजदूत रहेका पूर्व मुख्य सचिव लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाएको थियो।
त्यसपछि मन्त्रिपरिषद्ले पाण्डेको नाम सिफारिस गरेको हो। पाण्डे नेकपाका नेतासमेत हुन्।