बिहीबार, वैशाख १३, २०८१

जोखिम नियन्त्रण गर्न उपत्यकामा महाभियान

कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रण गर्न ‘उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्धको महाभियान’ सञ्चालन गर्ने भएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

भक्तपुर– कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रण गर्न ‘उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्धको महाभियान’ सञ्चालन गर्ने भएको छ।

triton college

दुई महानगरपालिका र १६ नगरपालिकाको संयुक्त संस्थाका रुपमा रहेको सो फोरमको आकस्मिक बैठकले महाअभियान सञ्चालनसहित १० बुँदे साझा अवधारणा सार्वजनिक गरेको हो।

फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको जोखिमविरुद्ध उपत्यकाका सबै नगरपालिकाले एकजुट भएर कार्य गर्ने निर्णय भएको जानकारी दिए।

उनले भने, “अहिले उपत्यकाका १८ वटै नगरले संयुक्त रुपमा सो भाइरसको जोखिमविरुद्धको महाअभियान सञ्चालन गर्ने निर्णय गरेका छौं। यसका लागि सबै नगरपालिका एक ठाउँमा उभिएका छौं।”

सबै नगरपालिकाले आफ्ना नगरपालिकामा भाइरसबाट जोगिने उपायसहितका सन्देश नगरवासीमा प्रवाह गर्ने भएका छन्। भाइरसको शंका भएका बिरामीकालागि निगरानी कक्ष (क्वारेन्टाइन) को व्यवस्था नगरपालिकाले गर्नेछन्।

corrent noodles
Metro Mart

यसका लागि आआफ्नो नगरपालिका क्षेत्रभित्र रहेका स्कुल, कलेज, होटल तथा गेस्टहाउस र सामुदायिक भवनलगायतलाई अस्थायी क्वारेन्टाइन बनाउने जनाइएको छ।

बैठकले क्वारेन्टाइनमा रहने स्वास्थ्यकर्मी पूर्ण सुरक्षित रहने गरी सहयोगको व्यवस्थापन गर्ने, सरकारले तोकेको उपचार केन्द्रमा पठाउने र आवश्यक परेमा थप उपचार केन्द्र बनाउन सङ्घीय सरकारलाई आग्रह गर्दै आवश्यक सहयोग नगरपालिकाले गर्ने निर्णय गरेको छ।

सबै नगरपालिकाले आआफ्नो नगरक्षेत्रमा भीडभाड हुने ठाउँमा पानी ट्याङ्की र साबुन राखेर हात धुने व्यवस्था गर्ने जनाएका छन्। बजार अनुगमन तीव्र बनाइने निर्णय बैठकले गरेको छ।

अनुगमनमा क्रममा कालोबजारी गरेको , अत्यावश्यक सामान लुकाएको पाइएमा नगरपालिका आफैंले कारबाही गर्ने र थप कारबाही आवश्यक भए सङ्घीय सरकारलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ।

त्यसैगरी स्थानीय तह बन्द नगर्ने तर अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने, स्वास्थ्य संस्था बन्द नगर्ने बैठकले निर्णय गरेको छ।

फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिररीबाबु महर्जनले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न, आइपरेका सङ्कटसँग प्रभावकारी रुपमा जुध्न र सम्भावित सङ्क्रमणलाई रोक्न उपत्यकाका सबै पालिकाले साझा अवधारणा बनाएर एक भएर लाग्ने जानकारी दिए। रासस

प्रकाशित: Mar 23, 2020| 07:35 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।