तनहुँ- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
आँबुखैरेनीस्थित ऐनापहरा नजिक भएको दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।
पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको गरेको ना५ख ४२९४ नम्बरको बस आइतबार साँझ सडकबाट करिब एक सय मिटर तल मर्स्याड्दी नदीमा खसेको थियो।
ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका अनुसार दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छैन। घाइतेहरुलाई उपचारका लागि पठाउने तयारी भइरहेको छ।
बस नदीमा खसेकाले बसमा सवार यात्रु कति थिए भन्ने जानकारी भइनसकेको र उद्धार कार्य जारी रहेको प्रहरीको भनाइ छ।