शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विद्यार्थीलाई घरभाडा छुटको व्यवस्था गर्न नेविसंघको माग

विद्यार्थीलाई घरभाडा छुटको व्यवस्था गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला विभिन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं- नेपाल विद्यार्थी संघले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला विभिन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ।

triton college

नेविसंघले संकटको समय रहेकाले काठमाडौं बाहिर घर भएका र घर जान चाहने विद्यार्थीलाई आ–आफ्नो घरसम्म पुग्नका लागि निशुल्क पठाउने व्यवस्था गर्न माग गरेको छ।

त्यस्तै काठमाडौंमा भाडामा बसिरहेका विद्यार्थीलाई संकटको अवधिभर ५० प्रतिशत छुटको व्यवस्था मिलाउनसमेत माग गरेको छ।

नेविसंघले हवाई सेवा सञ्चालकहरुले भाडा बढाइरहेको सुनिएको भन्दै त्यस्तो नगर्न चेतावनी पनि दिएको छ।

नेविसंघ अध्यक्ष राजीव ढुंगानाले आइतबार एक विज्ञप्ति जारी गर्दै जनतालाई घर बसीबसी सूचना प्राप्त गर्न र घरमा समय बिताउन सहजताका लागि इन्टरनेट सेवा प्रदायकहरुलाई सहुलियत वा कर छुट दिएर संकट अवधिभर इन्टरनेट सेवा निशुल्क उपलब्ध हुने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

corrent noodles
Metro Mart

त्यस्तै भारतसँगका सबै सीमानाका बन्द गर्न नेविसंघले माग गरेको छ।

यस्तै अत्यावश्यक उपभोग्य वस्तुहरुको कृतिम अभाव, महंगी र कालोबजारीको प्रभावकारी अनुगमन र नियन्त्रणका लागि पनि सरकारको ध्यानाकर्षण गराएको छ।

No photo description available.

प्रकाशित: Mar 22, 2020| 12:30 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।