शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना रोकथामका लागि ‘लक डाउन’ पर्याप्त छैन : डब्ल्युएचओ

कोरोना रोकथामका लागि ‘लक डाउन’ पर्याप्त छैन : डब्ल्युएचओ

कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न विश्वभरका देशले एकअर्का देशसँगको आवतजावत बन्द गर्नुका साथै देशभित्रको पनि आवागमन रोकेका छन्।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न विश्वभरका देशले एकअर्का देशसँगको आवतजावत बन्द गर्नुका साथै देशभित्रको पनि आवागमन रोकेका छन्।

triton college

नेपाललेसमेत सोमबारदेखि देशभरको सवारी बन्द गर्ने तयारी गरेको छ। एउटा सहरबाट अर्को सहर जाने सवारी साधनहरु बन्द हुँदैछन्। धेरैजसो देशहरुले आफूलाई लगभग ‘लक डाउन’ गरेका छन्।

तर विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले भने लक डाउन कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि पर्याप्त नभएको बताएको छ।

डब्ल्युएचओका कार्यकारी निर्देशक माइक रायनले आइतबार यस्तो बताएका हुन्।

उनले लक डाउनसँगै त्यसपछिको अवस्थाबारे धेरै देशको तयारी फितलो देखिएको बताए।

corrent noodles
Metro Mart

उनले लक डाउनसँगै त्यसपछिको आवश्यकता के हो, कसलाई तत्काल सहयोगको खाँचो छ, कसलाई आइसोलेशनमा राख्नुपर्ने अवस्था छ, कसलाई पुनर्स्थापनाको तयारी छ त्यसमा ध्यान दिनुपर्ने बताए।

बीबीसीसँगको कुराकानीमा रायनले कोरोना नियन्त्रण र रोकथामका लागि थुप्रै खोपहरु बनेको तर एउटा खोपको मात्रै अमेरिकामा परीक्षण भएको बताए।

बेलायतमा कहिले खोप आइपुग्ला त भन्ने प्रश्नमा उनले यो विषय भावनात्मक विषय नभएको भन्दै यथार्थवादी हुन सुझाव दिए।

उनले खोप तयार हुन कम्तीमा एक वर्ष लाग्ने स्पष्ट पारे।
उनले भने, ‘खोप त आउला तर अहिले के गर्ने, अवस्थालाई कसरी सामान्य बनाउने त्यो ठूलो कुरा हो।’

प्रकाशित: Mar 22, 2020| 11:28 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।