बिहीबार, वैशाख ६, २०८१

एमालेले चल्‍न दिएन प्रतिनिधि सभाको बैठक, फेरि स्थगित

नेकपा एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकमा नेकपा एमालेले अवरोध सिर्जना गरेको छ।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं- नेकपा एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकमा नेकपा एमालेले अवरोध सिर्जना गरेको छ। एमालेले बुधबार दोस्रो पटक  बसेको बैठकमा समेत नाराबाजी जारी राखेपछि सभामुख सापकोटा १५ मिनेटका लागि स्थगित भएको जानकारी गराएका हुन्। 

triton college

बुधबार प्रतिनिधिसभाको दोस्रो बैठक आरम्भ भएलगत्तै नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुख सापकोटाले आफू संविधान, ऐन, कानुनअनुसार अघि बढ्न प्रतिबद्ध रहेको बताएका थिए।

उनले एमाले सांसदहरुलाई भनेका थिए, 'मैले संविधान, नियम कानुनको बर्खिलाप केही गरेको छैन, त्यसकारण सदन संचालन गर्न दिनुस् ।’ तर, एमालेका सांसदहरुले 'संसदको मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर' लगायतका नारा लगाएका छन् ।

यसअघि बुधबार नै बसेको पहिलो बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरोध गरेका थिए । पहिलो बैठक अवरुद्ध भएपछि १५ मिनेटका लागि बैठक स्थगित गरेर सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरीसँग छलफल गरेका थिए ।

प्रकाशित: Sep 08, 2021| 17:19 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...