काठमाडौं। टर्किस एयरलाइन्सले अप्रिल १७ (वैशाख ५ गते) सम्मको काठमाडौं उडान बन्द गरेको छ। कोरोना भाइरसका कारण विश्व बजार ठप्प भएको भन्दै उसले आफ्नो उडान बन्द गरेको हो।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी काठमाडौ–स्तानवुल र स्तानवुल–काठमाडौको उडान बन्द गर्दछौ । हाम्रो अन्तिम उडान मार्च २२ थियो । हामी काठमाडौबाट इतानवुल रित्तै गएका थियाैं ।’
सरकारले सम्पूर्ण अन्तर्राष्ट्रिय उडान रद्द गर्ने घोषणसँगै टर्किस एयरलाइन्सले पनि आफ्नो उडान बन्द गरेको हो ।
‘यो समयको लागि काटिएको टिकटको रिफन्ड र पुनः अर्को समयमा काटिने टिकटको व्यवस्था कम्पनीको नियमअनुसार नै हुनेछ । विदेशीहरुको हकमा भने उनीहरुले काठमाडौंमा रहेको आफ्नो देशको दूतावास मार्फत आउनुपर्नेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।