काठमाडौं– कोरोना भाइरस संक्रमणको रोकथामका लागि भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न विश्व स्वास्थ्य संगठन नेपाललाई आग्रह गरेको छ।
कोरोना रोकथामका लागि संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम नेतृत्वमा बनेको ‘न्युक्लिसय टीम’ले आइतबार बिहान गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगका सीमा तत्काल बन्द गर्न भनिएको हो।
नाकाबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न र संक्रमण फैलिहालेमा त्यसलाई नियन्त्रण गर्ने आपतकालिन संरचना बनाउनतर्फ पनि संगठनले आग्रह गरेको छ।
दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमण र मृत्यु हुनेको संख्या बढ्दै गएपछि संगठनले नेपाललाई यस्तो आग्रह गरेको जनाएको छ।
भारतमा आइतबारसम्ममा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ।