बिहीबार, वैशाख १३, २०८१

आज ४ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह चार बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह चार बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक निर्णय गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

triton college

साथै बैठकले अस्ति शुक्रबार प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको घोषणालाई पनि अनुमोदन गर्ने बताइएको छ। आजको बैठकमा पूर्वतयारीका लागि हालसम्म भएका कामको समीक्षा हुने श्रममन्त्री रामेश्वर राय यादवले बताए।

हालैमात्र दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रम ओलीले प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन्। सामान्यतयाः मन्त्रिपरिषद बैठक साेमबार बस्ने गर्छ।

यसअघि मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना हुनु एक दिनअघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो।

सोही बैठकले कोरोना संक्रमण रोक्ने सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो ।

corrent noodles
Metro Mart

प्रकाशित: Mar 22, 2020| 07:32 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।