नयाँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको लडाइँलाई सफल बनाउन जनतासँग अनुरोध गरेका छन्।
संक्रमणको जोखिम कम गर्न भारतमा आइतबार जनता कर्फ्यु लागू गरिएको छ।
प्रधानमन्त्री मोदीले ट्विट गर्दै भनेका छन्, ‘जनता कर्फ्यु सुरु भएको छ। सबै नागरिकलाई मेरो बिन्ती छ- देशव्यापी अभियानलाई आफ्नो जिम्मेवारी ठानेर कोरोनाविरुद्धको लडाइँलाई सफल बनाऔं। हाम्रो संयम र संकल्प यो महामारीलाई परास्त गर्नु छ।’
मोदीका अनुसार अब सरकारले उठाउने कदमले आउने दिनमा जनतालाई थप मद्दत गर्नेछ। उनले भनेका छन्, ‘घरमै रहौं, स्वस्थ रहौं।’