शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दलितले आत्मसम्मानका साथ बाँच्ने वातावरण सरकारले बनाउँछ : प्रधानमन्त्री

दलितले आत्मसम्मानका साथ बाँच्ने वातावरण सरकारले बनाउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले दलित समुुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुुँच पुुर्याउन नीति तथा कार्यक्रममार्फत सरकारले काम अघि बढाउने बताएका छन्।
 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले दलित समुुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुुँच पुुर्याउन नीति तथा कार्यक्रममार्फत सरकारले काम अघि बढाउने बताएका छन्।

triton college

५५ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज एक सन्देश दिँदै उनले सबै प्रकारका विभेद विरुद्धको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुुहुुने ज्ञात, अज्ञातशहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।

प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “नेपालको एकीकरणलगायत राजनीतिक परिवर्तनका लागि भएका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेपाली दलितले निभाएको बलिदानीपूूर्ण भूमिकाको उच्च प्रशंसा गर्न चाहन्छु ।”

“जातीय एवं सांस्कृतिक विविधतायुुक्त सयौँ थुुँगा फूलका एउटै मालाको प्रतिविम्बका रुपमा रहेको हाम्रो राष्ट्र नेपालमा सबै फूलहरुलाई फुल्ने र फक्रने वातावरण तयार गर्न वर्तमान सरकार सांस्कृतिक रुपान्तरणका माध्यमबाट मानव अधिकारको प्रवद्र्धन एवं संवद्र्धनका लागि दृढताका साथ अगाडि बढनेछ,” उनले सन्देशमा भनेका छन्।

अन्धविश्वास र अचेतनाबाट लाभ उठाएर गरिने मानवताविरोधी क्रियाकलाप अन्त्य गर्न सामाजिक अभियान चलाउन आवश्यक रहेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन्।
रासस

corrent noodles
Metro Mart

प्रकाशित: Mar 21, 2020| 01:09 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।