काठमाडौं। नेपाल बैंकर्स संघले एटिएम र इ–बैंकिङको कारोबार गर्दा शुल्क नलिने निर्णय गरेको छ। शुक्रबार संघको बैठकले नोटको कारोबार गर्दा कोरोना भाइरस सर्न सक्ने सम्भावना तीव्र रहेकोले नगदभन्दा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय गरेको हो।
त्यस्तै बैंकले अहिले नै बैंकहरु बन्द गर्ने अवस्था नभएको भन्दै सरकारले सम्पूर्ण क्षेत्र बन्द गरेको अवस्थामा मात्र बैंक बन्द गर्ने पनि बैठकले निर्णय गरेको छ।
यसअघि विहीबार डेभलपमेन्ट बैंकर्स एसोसिएसनले पनि डिजिटल कारोबारमा शुल्क नलिने निर्णय गरेको थियो । अब सर्वसाधारणले जुनसुकै एटिएमबाट रकम झिक्दा पनि कुनै शुल्क तिर्न पर्दैन ।
यस्तै शुक्रबार नै राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले बैंकर्ससँग आगामी दिनमा कसरी जाने भन्ने विषयमा छलफल गरेका थिए ।
छलफलमा आगामी दिनमा व्यापारी–व्यवसायीले ऋणको व्याज मिनाहा लगायतका स्किम माग गरिरहेको र कसरी यस विषयमा अगाडि बढ्ने भन्नेबारेमा राष्ट्र बैंकमा छलफल भएको थियो ।
सो छलफलमा बैंकहरुले आपत्कालीन अवस्था आएर सरकारलाई पूर्णरुपले सहयोग गर्ने बताएका थिए ।