धनगढी- सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा १८७ जनाले ज्यान गुमाएका छन्। गत आर्थिक वर्षमा सुदूरपश्चिममा भएका ७८३ सवारी दुर्घटनामा १८७ जनाले ज्यान गुमाएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनमा ५८७ जना गम्भीर घाइते र ५०९ जना सामान्य घाइते भए।
आर्थिक वर्ष २०७६/०७७ मा ३८६ सवारी दुर्घटना भएको थियो। सो अवधिमा सवारी दुर्घटनामा परी १४३ जनाले ज्यान गुमाएका थिए।
आर्थिक वर्ष ०७६/०७७ भन्दा आर्थिक वर्ष ०७७/०७८ मा ३९७ बढी दुर्घटना भएका छन्। सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पनि आर्थिक वर्ष ०७६/०७७ भन्दा आर्थिक वर्ष ०७७/०७८ मा ४४ जना बढी हो।