बिहीबार, वैशाख ६, २०८१

आजदेखि शैक्षिक परामर्श दिने संस्था बन्द

 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आज, शुक्रबारदेखि आफू अन्तर्गतका एजुकेशन कन्सल्टेन्सी (शैक्षिक परामर्श संस्था) बन्द गर्ने निर्णय गरेको छ ।

triton college

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि चैत महिनाभर सम्पूर्ण कन्सल्टेन्सी बन्द गर्ने निर्णय गरेको हो।

महामारीबाट बच्न र सावधानीका उपाय अपनाउन कार्यालय बन्द गर्ने निर्णय गरिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

इक्यानले आफ्ना सदस्यहरूलाई प्रशासनिक काम सकभर घरबाटै गर्न आग्रह पनि गरेको छ।

इक्यानले नियमित साबुन पानीले हात धुन, भीडभाडमा नजान, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र बाहिर जाँदा मास्कको प्रयोग गर्न पनि अपिल गरेको छ।

corrent noodles
Metro Mart

 

प्रकाशित: Mar 20, 2020| 06:33 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्