बिहीबार, वैशाख ६, २०८१

कोरोनाको त्रासमा कसरी मनाउने विस्केट जात्रा ?

‘कोभिड–१९’ सङ्क्रमणका कारण विश्वव्यापी रुपमा स्वास्थ्य सङ्कटकाल घोषणा भएको अवस्थामा जात्रा भक्तपुरको प्रसीद्ध बिस्केटजात्रा शान्तिपूर्ण रुपमा सञ्चालन गरिने भएको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

‘कोभिड–१९’ सङ्क्रमणका कारण विश्वव्यापी रुपमा स्वास्थ्य सङ्कटकाल घोषणा भएको अवस्थामा जात्रा भक्तपुरको प्रसीद्ध बिस्केटजात्रा शान्तिपूर्ण रुपमा सञ्चालन गरिने भएको छ। हजारौँ मानिसको भिडमा हुने बिस्केटजात्रा व्यवस्थित र शान्तिपूर्णरुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाले आज आयोजना गरेको छलफलमा जात्रालाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्न नगरप्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा कार्यदल गठन भएको छ।

triton college

कार्यदलमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, वडा नं–४ का वडाध्यक्ष, वडा नं–५ का वडाध्यक्ष, जिल्लाका सुरक्षा निकाय प्रमुख, भक्तपुर विद्युत् प्राधिकरणका प्रमुख, भक्तपुर दुरसञ्चार कार्यालयका प्रमुख, खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख, भैरवनाथजात्रा सहयोग समिति र भैरवनाथ गुठी नाइके सदस्य रहनेगरी कार्यदल गठन गरेको नगर प्रमुख प्रजापतिले जानकारी दिए।

कोरोना भाइरसको विश्वव्यापी महामारीले स्वास्थ्य सङ्कटकाल घोषणा भएको अवस्थामा बिस्केटजात्रा व्यवस्थित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निकै चुनौती रहेको बताउँदै उनले यो जटिल परिस्थितिमा पनि भक्तपुर नगरपालिकलो ऐतिहासिक र पुरातात्विकजात्रा शान्तिपूर्णरुपमा सञ्चालन गर्न तथा कोरोना सङ्क्रमणबाट सजग बनाउने अभियान चलाउने जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोना भाइरसको त्रासले गर्दा यसवर्ष बिस्केटजात्रा चुनौतीपूर्ण हुने बताउँदै ऐतिहासिक महत्वको जात्रा सञ्चालन जनगुनासोरहित ढङ्गले सम्पन्न गराउन गुठी संस्थान भक्तपुरलाई निर्देशन दिने बताइन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले कोभिड–१९ भयावह बन्दै गएको र नियन्त्रण गर्न चुनौतीपूर्ण भइरहेको बताउनुहुँदै जात्राको समयमा उच्च सतर्कता अपनाउन नागरिकहरुमा अपिल गर्नुपर्नेमा जोड दिए। गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले साविकबमोजिम रथ निर्माणको काम भइरहेको र संस्थानबाट गर्नुपर्ने काम समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: Mar 19, 2020| 16:05 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।