शुक्रबार, वैशाख ७, २०८१

सरकारले भारतसँगको नाकामा थप कडाइ गर्ने

‘कोभिड–१९’को संक्रमण भित्रिन नदिन सरकारले मुलुकका दक्षिणी नाकामा थप कडाइ गर्ने भएको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं- ‘कोभिड–१९’ को संक्रमण भित्रिन नदिन सरकारले मुलुकका दक्षिणी नाकामा थप कडाइ गर्ने भएको छ। उत्तरी नाका भन्दा दक्षिणी नाकाबाट संक्रमण भित्रिन सक्ने खतरा रहेको औँल्याउँदै सरकारले थप कडाइ गर्न थालेको छ।

triton college

सिंहदरबारमा बिहीबार भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सरकारले ‘कोभिड–१९’ विरुद्ध लड्न आवश्यक पूर्व तयारी गरिरहेको जानकारी दिँदै त्यसलाई अझै कडाइका साथ कार्यान्वयन गरिने बताए।

गृहमन्त्री थापाले भने, ‘अहिलेसम्म मुलुकमा त्यस्तो समस्या छैन, तर विपद् आयो भने कसरी सामना गर्ने भन्ने विषयमा सरकारले कानूनी र संरचनागत व्यवस्था गरिसकेको छ, तीनै तहमा सम्बन्धित कानून र नीति निर्माण गरेर तयारीको काम जारी छ, यसमा अझै कडाइका साथ लाग्नुपर्छ।’

‘मुलुकमा कोरोनाको वस्तुस्थिति, पूर्व तयारी र प्रतिकार्य योजना’ को सम्बन्धमा आयोजित बैठकमा गृहमन्त्री थापाले अहिलेको विशिष्ट परिस्थितिमा ‘कोभिड–१९’ को आक्रमणले संसार भर त्रास फैलिएकाले नेपालमा हुने सम्भावित जोखिमको विश्लेषण गरेर त्यसको व्यवस्थापनमा सरकारले ध्यान दिएको बताए।

उनले योजना निर्माण गरी कार्यान्वयनका लागि मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा एक्सन कमिटी बनाएर काम थालिएको बताए।

corrent noodles
Metro Mart

पूर्वतयारीको सम्बन्धमा सरकारको उच्चस्तरीय समन्वय समितिले विशेष व्यवस्था गरी काम अघि बढाएको र आवश्यक सावधानी अपनाउन सार्वजनिक अपिल गरिएको मन्त्री थापाले बैठकमा जानकारी गराए।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अभिलेख अनुसार विश्वका १६६ मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। नौ हजारको ज्यान गइसकेको छ। दुई लाख प्रभावित भएका छन्। कतिपय मुलुकले संकटकाल नै घोषणा गरेर नियन्त्रणको काम गर्दै आएका छन्। रासस

प्रकाशित: Mar 19, 2020| 14:37 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।