बिहीबार, वैशाख १३, २०८१

मनकामना केवलकार शनिबारदेखि बन्द हुने

मनकामना मन्दिरदर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि संचालनमा ल्याएको मनकामना केवलकार सेवा शनिबारदेखि बन्द हुने भएको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

चितवन- मनकामना मन्दिरदर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि संचालनमा ल्याएको मनकामना केवलकार सेवा शनिबारदेखि बन्द हुने भएको छ।

triton college

कोरोना भाइरसको सङ्क्रमणको सजगताका लागि सो सेवा बन्द हुने भएको हो। मनकामना दर्शन प्रालिले बिहीबार सूचना प्रकाशित गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ।

कम्पनीका नायब महाप्रबन्धक डिएन कायस्थका अनुसार शनिबारदेखि कम्पनीको सेवा बन्द गर्न लागिएको हो। अब मनकामना केबलकारको सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउनेछ। कोरोनाको त्राससँगै पछिल्लो केही दिनयता केवलकारमा यात्रा गर्न आउने घटेका थिए।

चितवनको इच्छाकामना–४ स्थित प्रवेशद्वार (बटम स्टेशन) रहेको मनकामना केवलकारबाट दैनिक तीन हजार ५ सय को संख्यामा दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्दछन्।

सहायता कक्ष स्थापना

corrent noodles
Metro Mart

चितवनको इच्छाकामना गाउँपालिकाले कोरोनासम्बन्धी सचेतनाका लागि दुई ठाउँमा हेल्थ डेस्क स्थापना गरेका छन्।

गाउँपालिका कार्यालय परिसर कुरिनटार र मनकामना केवलकारको बटम स्टेशन चेरेशमा स्वास्थ्य हेल्थ डेस्क आजदेखि सञ्चालनमा ल्याएको हो। मनकामना केबलकारमा एक जना स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक वासुदेव सापकोटाले जानकारी दिए।

गोरखाको शहीद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा स्वदेशी तथा विदेशी गरी दैनिक हजारौँ दर्शनार्थी केवलकार चढेर जाने गर्दछन्। त्यसैलाई मध्यनजर गर्दै हेल्थ डेस्क सञ्चालनका लागि गाउँपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको संयोजक सापकोटाले बताए।

स्वास्थ्यकर्मीसँगै नेपाल सरकार स्वास्थ्य मन्त्रायबाट जारी गरेको कोरोना सचेतनामूलक नारासहितको पर्चासमेत उपलब्ध गराएका छन्।

गाउँपालिकाभित्रका राजमार्गका होटलमा सचेतनामूलक कार्यक्रमका साथै सचेतनामूलक माइकिङसमेत गर्न शुरु गरिएको संयोजक सापकोटाले जानकारी दिए।

हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँचसहित कोरोना सम्बन्धी सचेतनामूलक जानकारी गराउने संयोजक सापकोटाको भनाइ छ।

शंकास्पद व्यक्तिलाई परीक्षणका लागि अस्पतालमा पठाइने उनले बताए। मनकामना दर्शन प्रालिले मन्दिर दर्शन गर्न जाने दर्शनार्थीका लागि दुर्ई हप्ता अघिदेखि नै एकजना स्वास्थ्यकर्मी राखी केवलकार चढ्नुअघि स्वास्थ्य जाँच गरिँदै आएको छ। अहिलेसम्मको जाँचको क्रममा कोरोनाको शङ्कास्पद व्यक्ति नभेटिएको मनकामना दर्शनप्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थले बताए।

घटे केवलकार चढ्ने

यसैबीच कोरोना भाइरसको त्राससँगै मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको संख्यामा कमी आएको छ।

नायब महाप्रबन्ध कायस्थका अनुसार पछिल्लो समय दैनिक दुई हजारको हाराहारीमा मात्र दर्शनार्थीहरु केवलकार चढेर मनकामना मन्दिर जाने गरेका छन्। यो समयमा विगतका वर्षहरुमा तीन हजार ५०० को हाराहारीमा दर्शनार्थीहरुले दैनिक केवलकार चढ्ने गरेका थिए। रासस

प्रकाशित: Mar 19, 2020| 14:10 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।