बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अन्तर्राष्ट्रिय एसएमएस बाईपासमा संलग्न भारतीय पक्राउ

अन्तर्राष्ट्रिय एसएमएस बाईपासमा संलग्न भारतीय पक्राउ

अवैध अन्तर्राष्ट्रिय एसएमएस बाईपासमा संलग्न एक भारतीय नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं - अवैध अन्तर्राष्ट्रिय एसएमएस बाईपासमा संलग्न एक भारतीय नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ।

triton college

पश्चिम बंगाल घर भई काठमाडौं महानगरपालिका–२५ टंगाल नरदेवीमा डेरा गरी बस्ने ३५ वर्षीय प्रशान्त साहलाई व्यूरोको टोलीले बुधबार पक्राउ गरेको हो। साहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेपाल सरकारको कुनैपनि निकायबाट अनुमति नलिई उपकरण राखी गैरकानुनीरुपमा अन्तर्राष्ट्रिय एसएमएस बाईपास संचालन गरिरहेको खुलेको प्रहरीले जनाएको छ।

साहको साथबाट ६४ पोर्टको जिओआईपी गेटवे २ थान, राउटर २ थान, ल्यापटप १ थान, ब्याट्री १ थान, इन्भर्टर १ थान, गेटवेको एडप्टर २ थान, नेपाल टेलिकम तथा एनसेलको सिमकार्ड २ सय १५ थान, मोबाइल ६ थान, साहको राहदानीलगायत एसएमएस बाईपासमा प्रयोग हुने विभिन्न तार बरामद गरेको छ।

साहले भिओआईपीमा प्रयोग गरिने सम्पूर्ण उपकरण भारतदेखि आफैंले लिएर आएको र यसका लागि आवश्यक सिमकार्ड र रिचार्जकार्ड आफैं विभिन्न पसलहरुमा गई बिनाकागजात बढी रकम दिई लिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

विगतमा हुने अवैध अन्तर्राष्ट्रिय भिओआईपी कल बाईपास गर्ने कार्य प्रहरीको सक्रियतामा कमी आएपनि पछिल्लो पटक अत्याधुनिक प्रविधिको प्रयोग गरेर नेपालमा पहिलो पटक साहले एसएमएस बाईपास गर्ने नयाँ तरिका अपनाएको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

corrent noodles
Metro Mart

अनलाइनमार्फत सम्पर्क गरी वल्र्डलिंकको इन्टरनेट प्रयोग गरेका साह घुम्ने र व्यापार गर्ने प्रयोजनका लागि भन्दै पटकपटक नेपाल आउजाउ गर्ने गरेको प्रहरीले जनाएको छ।

साह आफैंले इन्टरनेशनल क्यारियरसँग प्रत्यक्ष सम्पर्क गरी एसमएस र सिम बाइपास गर्ने गरेको भन्दै प्रहरीले अन्य व्यक्तिहरुको प्रयोग नगरी आफैंले गोप्य रुपमा सम्पूर्ण काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।

साहविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तर्गत अनुसन्धानकार्य भइरहेको व्यूरोले जनाएको छ।

हातहतियारसहित एक पक्राउ

प्रहरीले पूर्वी नवलपरासीमा एक जनालाई विभिन्न हातहतियारसहित पक्राउ गरेको छ।

हुप्सेकोट गाउँपालिका–२ चपाहाबाट धारापानीका ६३ वर्षीय ताराबहादुर विकलाई घरमा लुकाईछिपाई राखेका विभिन्न हातहतियारसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा कोठाभित्र लुकाईछिपाई राखेका भरुवा बन्दुक १ थान, भरुवा बन्दुकको नाल २ थान, एयर गन १ थान, मेडइन यूएसए लेखेको अटोमेटिक पेस्तोल १ थान, पेस्तोलको गोली ५ राउण्ड बरामद गरेको प्रहरीले जनाएको छ।

यस्तै एसएलआरको गोली २ राउण्ड, थ्रीनटथ्री राईफलको गोली १ राउण्ड, एम सिक्सटिनको गोली १ राउण्ड, अन्य हतियारको गोली २ राउण्ड, र पुरानो कटुवा पेस्तोल तथा घोडाचाप लगायतका पार्टपुर्जाहरु बरामद गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ।

प्रकाशित: Mar 19, 2020| 12:11 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।