शनिबार, वैशाख ८, २०८१

विदेश जान नपाएकालाई सरकारले रोजगारी दिने

सरकारले विदेश जाने तयारीमा बसेका तर जान नपाएकाहरुलाई रोजगारी दिने भएको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं- सरकारले विदेश जाने तयारीमा बसेका तर जान नपाएकाहरुलाई रोजगारी दिने भएको छ।

triton college

कोरोनाको कारण टिकट लिएर बसेका वा केही दिनभित्र विदेश जान चाहेकाहरु सरकारले खाँडी मुलुक लगायतका देशमा जान रोकेपछि समस्यामा परेका थिए। ति समस्यामा परेकाहरुलाई सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध हुन सरकारले आग्रह गरेको हो।

विहिबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता डा.युवराज खतिवडाले विदेश जानको लागि तयारी गरेका तर विदेश जान नपाएकाहरुलाई स्वदेशमा नै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा आवद्ध हुन आग्रह गरेका छन्।

उनले भने, ‘म टेवुल वर्क मात्र गर्छु भन्न चाँहि पाउनुहुन्न सानो काम भए पनि यही गर्छु भन्नेहरु आउनुहोस् प्रधानमन्त्री रोजगार कार्यक्रममा दर्ता हुनुहोस् र काम गर्नुहोस् सरकारले तपाईहरुलाई रोजगारी दिन्छ।’

विदेशमा जान नपाए पनि नेपालमा नै बेरोजगार भएर नबस्नुहोस् विदेशमा जाने समय यही लगाउनुहोस् डा.खतिवडाले भने।

corrent noodles
Metro Mart

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि सरकारले चालू आर्थिक वर्षको लागि ५ अर्ब १ करोड रुपैयाँ बजेट छुट्याएको छ।

सो रकम विषेशगरी सडक निर्माण सुधार लगायतका काममा खर्च हुने गरी श्रम तथा रोजगार मन्त्रालयले कार्यायोजना बनाएको छ।

प्रकाशित: Mar 19, 2020| 11:58 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।