बुधबार, वैशाख ५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • काेराेना त्रास : कैदीबन्दीलाई छोड्न संसदीय समितिको सुझाव

काेराेना त्रास : कैदीबन्दीलाई छोड्न संसदीय समितिको सुझाव

कोरोना भाइरसको संक्रमणबाट जोगाउन कैदीबन्दीहरुलाई केही समयका लागि छोड्न अथवा अन्य व्यवस्था मिलाउन सरकारलाई सुझाव दिइएको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट जोगाउन कैदीबन्दीहरुलाई केही समयका लागि छोड्न अथवा अन्य व्यवस्था मिलाउन सरकारलाई सुझाव दिइएको छ।

triton college

प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले सरकारले २५ जनाभन्दा बढी बस्न नहुने निर्णयलाई आधार मानेर कैदीबन्दीहरुको जेल सजाय मिनहा गर्ने अथवा केही समयका लागि रिहा गर्ने भन्ने विषयमा सुझाव दिएको छ।

समितिका सदस्य एवम् पूर्व कानून मन्त्री शेरबहादुर तामाङले बढी जोखिम रहेका जेल र वृद्धा तथा बाल आश्रमहरुको विषयमा छलफल भएको बताए।

‘जेलमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्। उनीहरु निकै जोखिममा रहेकोले व्यवस्थापनका लागि सरकारलाई सुझाव दिएका छौँ।’ तामाङले भने, ‘कैद मिनाहा गरेर हुन्छ कि केही समयका लागि कैदीहरुलाई घर पठाएर हुन्छ, जसरी भए पनि उनीहरुलाई सुरक्षित राख्न विषयमा सरकारलाई सुझाव दिएका छौँ।’

समितिका अर्का सदस्य एवम् नेकपा नेता देव गुरुङले पनि कैदीबन्दीसहित विभिन्न आश्रमहरुका विषयमा ध्यान दिन सरकारलाई आग्रह गरेको बताए।

corrent noodles
Metro Mart

‘कैदीबन्दीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा हामीले सरकारलाई सुझाव दिएका छौँ। अव निर्णय गर्ने जिम्मा सरकारको हो।’, गुरुङले भने, ‘अहिलेको परिस्थितिमा कारागार सबभन्दा संवेदनशील ठाउँ हो। त्यसकारण त्यहाँ ध्यान दिनु पर्छ।’

यद्यपि आज सरकारका प्रवक्ता युवराज खतिवडाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री कार्यालयका सचिवले कोरोनाकै कारण कुनै कैदीबन्दीलाई रिहा गर्ने सरकारको योजना नरहेेको बताएका छन् । 

उनले भने, "कारागारलाई सुरक्षित राख्न सावधानीका उपाय गरिएको छ, कसैले संक्रमणको शंका भए आइसोलेसनमा राखेेर उपचार गर्न सकिन्छ तर, रिहा गर्ने योजना छैन।"

प्रकाशित: Mar 19, 2020| 11:26 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।