नयाँ दिल्ली - ८ वर्षअघि भारतको राजधानी नयाँ दिल्लीमा भएको सामुहिक बलात्कारका दोषीहरुलाई शुक्रबार बिहान साढे ५ बजे (भारतीय समय) फाँसी दिइने भएको छ।
सन् २०१२ डिसेम्बर १६ मा दिल्लीमा गुडीरहेको एक गाडीमा ६ जनाले मेडिकल अध्ययन गर्दै गरेकी छात्रा निर्भयाको सामुहिक बलात्कार गरेका थिए। उनको उपचारको क्रममा सिंगापुरमा निधन भएको थियो।
लामो समयदेखि अदालती झमेलामा फसेको उक्त घटनाका दोषीहरु मध्ये ४ जनालाई शुक्रबार फाँसी दिइने निश्चित भएको छ। भारतको सुप्रिम कोर्टले बिहीबार मुकेश सिंहको याचिका खारेज गरेपछि उनीहरुलाई फाँसी दिने निश्चित भएको हो। सिंहसहित अक्षय कुमार, पवन गुप्ता र विनय शर्मालाई फाँसी दिइँदैछ।
निर्भया बलात्कारमा ६ जना संलग्न रहे पनि एक जनाले जेलमा आत्महत्या गरेका तथा अर्का एक जना घटना घटेको बेलामा नाबालिग रहेकाले चार जनालाई मात्रै मृत्युदण्डको सजाय सुनाइएको हो।