शुक्रबार, वैशाख १४, २०८१

चर्को आवाज निकाल्ने १८५ मोटरसाइकल कारवाहीमा  

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई कारबाही गर्ने कार्यलाई तिब्रता दिएको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई कारबाही गर्ने कार्यलाई तिब्रता दिएको छ।

triton college

ध्वनि प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले मोटरसाइकल गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरवाही ढंगले चलाउने मोटरसाइकल चालकलाई कारवाहीमा महाशाखाले तिव्रता दिएको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालका अनुसार फागुन महिनामा मात्रै ध्वनि प्रदुषण गर्ने १ सय ८५ मोटरसाइकल कारवाहीमा परेका छन्।

ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तनुका साथै अनावश्यक आवाजका कारण सर्वसाधारणलाई आतंकित तुल्याउने भएकाले रोक लगाउन लागिएको जानकारी दिए।

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र मात्र नभई देशैभर सञ्चालनमा ट्राफिक प्रहरीले कडाइ गरेको ढकालले बताए।

corrent noodles
Metro Mart

मोटरसाइकलबाट निस्कने ध्वनिका कारण कतिपय अपाङ्ग, अशक्त तथा बिरामीहरु तर्सिने गरेका छन्।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले समातिएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना स्वरुप १ हजारदेखि १ हजार पाँच ५ हजार रुपैयाँसम्म जरिवाना गराइएको जानकारी दिए।

समातिएका मोटरसाइकलमध्ये कम्पनीबाटै ठूलो आवाज आउने मोटरसाइकललाई चलाउन रोक लगाइएको छ।

त्यसैगरी मोडिफाई गरेर ठूलो आवाज आउने बनाइएका मोटरसाइकललाई भने पुरानै स्वरुपमा परिवर्तन गर्न लगाएर मात्र छाड्ने महाशाखाका प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Mar 18, 2020| 13:54 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।