शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • हल्लाको पछि नलागौं, संयमित भएर सेयरमा लगानी गरौं : बोर्ड

हल्लाको पछि नलागौं, संयमित भएर सेयरमा लगानी गरौं : बोर्ड

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई हतोत्साहित नभई लगानीको निर्णय गर्न आग्रह गरेको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं। नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई हतोत्साहित नभई लगानीको निर्णय गर्न आग्रह गरेको छ।

triton college

बोर्डले बुधबार प्रेस विज्ञप्ति जारी गरी सेयर बजारमा आएको गिरावटप्रति बोर्डले सुक्ष्म रुपमा अध्ययन गरिरहेको र लगानीकर्ता डराइहाल्नु पर्ने अवस्था नआएकोले लगानी गर्दा संयमता अपनाउन आग्रह गरेको हो।

बोर्डले विज्ञप्तिमा भनेको छ, ‘बजारको विकास र सुधारका विभिन्न कार्यहरु बोर्डले अगाडि बढाएको, देशको समष्टिगत आर्थिक अवस्था तथा समग्रमा सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था समेत सन्तोषजनक रहेको सन्दर्भमा लगानीकर्ताहरु यस्तो सामान्य अवस्थामा हतोत्साहित भई हतार हतारमा धितोपत्र विक्रि सम्बन्धी निर्णय लिनपर्ने अवस्था देखिएको छैन।’

त्यस्तै बोर्डले लगानी गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्था तथा बजार सुधारका कामकारबाहीको अध्ययन गरेर हतोत्साहित नभई हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

प्रकाशित: Mar 18, 2020| 10:32 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्